सुर्खेत : कर्णाली प्रदेशमा शनिबार मात्रै २१४ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखको नौमुले आइसोलेसनबाट १३२ जना, दैलेखकै डुङ्गेश्वर आइसोलेसनबाट ६३ जना, दैलेख अस्पतालबाट नौ जना, सुर्खेतका विभिन्न आइसोलेशनबाट आठ जना र रुकुम पश्चिम अस्पतालबाट एक जना डिस्चार्ज भएका हुन् ।
याे सँगै कर्णालीमा शनिबारसम्म रोगबाट निको भएर घर फर्कनेहरूको सङ्ख्या ९३४ पुगेको महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
गत जेठ ५ गतेदेखि कर्णालीमा कोरोना सङ्क्रमण सुरु भएको थियो भने जेठ २३ गतेदेखि निको भएकाहरू घर फर्कन थालेका थिए ।