डोटी : डोटीमा पछिल्लो समय दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै छ । पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर १ मा मात्रै एकै दिनमा २४ जना संक्रमणा पुष्टि भएको छ । 
एक नौ महिने शिशुसहित २४ जनामा संक्रमण पुष्टि भएको हो । 

स्रक्रमण पुष्टि भएकामध्ये ५, २५, २९, २७ र १८ का पाँच जना महिला तथा ५, ६, ७, ३२, २७, २५, ३७, ६०, ५५, २७, ३५, २६, १८, १६, २१, २७, १९ र ३९ का १८ जना पुरुष रहेका छन् । आइतबार मात्रै डोटीमा ६९ जनामा कोरोना पुष्टि भएसँगै डोटीमा हालसम्म जम्मा ३८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

त्यसैगरी एक हप्तामा ३२७ जनामा कोरोना देखिएको छ । गत जेठ १९ गते जिल्लामा पहिलो कोरोना संक्रमित व्यक्ति देखिएका थिए भने एक महिना नपुग्दै तीन सय ८४ जनामा कोरोनादेखिएको छ । 

जिल्लाका सबै स्थानीय तहहरुमा कोरोना संक्रमित देखिएका छन् भने सबैभन्दा बढी पूर्वीचौकी गाउँपालिकामा देखिएका छन् । पूर्वीचौकी गाउँपालिकामा हालसम्म ११७ जनामा कोरोना देखिएको छ । केआइसिंह गाउँपालिकामा भने सबैभन्दा कम ४ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका ११२ जनाले कोरोना जितेका छन् । 

२०७७ असार १४, आईतवार २२:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय