एजेन्सी : लकडाउनको समयमा विवाह समारोहमा ५० भन्दा बढी मानिस जम्मा हुन नपाइने कानुनलाई लत्याउँदै २ सय ५० जन्ती बोकेर बेहुलीको घरमा पुगेका बेहुला र उनका बाबुलाई ठूलो आपत आइपरेको छ ।
भारतको राजस्थानस्थित भीलवाडामा एक वैवाहिक समारोहमा प्रतिबन्धका बाबजुद २५० जना जन्ती बोकेर गएका बेहुला सहित विवाहमा आएका १५ जनामा कोरोना संक्रमण देखिपछि
जन्ती गएका १२७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
भारतीय मिडियाका अनुसार उनीहरुको क्वारेन्टाइन र उपचार खर्च दुलाहाका बाबुबाट असुल्ने निर्णय सरकारले गरेको छ । सरकारी खर्चअनुसार क्वारेन्टाइनमा रहेका १२७ जनाको खर्च हालसम्म ६ लाख २६ हजार ६ सय आएको भारतीय मिडियाले जनाएको छ । यद्यपी बेहुलीलाई भने कोरोना देखिएको छैन ।