काठमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड ५ लाख नाघेको छ । बितेको २४ घन्टामा पौने दुई लाख संक्रमित बढेका छन् ।

विश्वभर संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख १३ हजार नाघेको तथ्यांक छ । संक्रमितमध्ये ५७ लाख ९० हजार निको भएका छन् ।अमेरिकामा २७ लाख संक्रमित संख्या नाघेको छ । त्यहाँ एक लाख ३० हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा संक्रमित १४ लाख पुगेका छन् । त्यहाँ ५९ हजारको मृत्यु भएको छ ।रुसमा ६ लाख ४७ हजार संक्रमित संख्या छ । भारतमा ५ लाख ८५ हजार संक्रमित संख्यामध्ये १७ हजारको मृत्यु भइसकेको छ ।

२०७७ असार १७, बुधबार ०७:००

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय