लमजुङ : लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा दीपक तामाङको घर पहिरोले पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको छ ।

घरधनि दीपक तामाङ, उहाँकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङको मृत्यु भएको लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए । उनका अनुसार अरु तीन जना सामान्य घाइते भएका छन् ।

पहिरोमा पुरिएका तीनैजनालाई निकालेर जिल्ला अस्पताल पुर्‍याएको थियो। ‘अस्पताल पुर्‍याउनासाथ डाक्टरले तीनै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

२०७७ असार २६, शुक्रबार ०७:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय