एजेन्सी : बलिउड अभिनेता सुशान्तसिंह राजपूतको भिसेरा रिपोर्ट सार्वजनिक भएको छ। रिपोर्टमा उनको शरीरमा कुनै पनि प्रकारको विष नपाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गत १४ जुनमा उनी मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनले आत्महत्या गरेको बताइएको थियो। २५ जुनमा आएको पोस्टमार्टम रिपोर्टमा पनि उनले आत्महत्या गरेको उल्लेख गरिएको थियो।

मुम्बई प्रहरीले सुशान्तले आत्महत्या गरेको बताए पनि उनका फ्यानहरुले हत्या भएको भन्दै सिबीआईले अनुसन्धान गर्नुपर्ने माग राख्दै आएका छन्।

२०७७ श्रावण १३, मंगलवार १०:३८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय