• ज्योती कुमारी झा

मुखमा मास्क लगाएर बस्ने कति समय
भोक र कोरोना, जिवन र मरण बनेछ
बच्चा भोकले छटपटाउँदै खाना मागदैछ
रोजगारिको महल भत्किएर, रिस ज्वालामुखी बन्दैछ
लुटेराहरु कति लुटने होला
एकदिन त सबलाई पशुपतिको आर्यघाटमा जानुपर्ने छ

गर्न र भन्न सक्ने इच्छा हुदा पारालायसिस पारिएको छ
हुनेहरु सामान जोडेर ढुक्क भइ तमासा हेर्न कम्मर कसेका छन
नहुनेहरू खुला मन्चको भुमिमा बसेर एक छाक खान जान्छन

बुझेर सबले बुझ पचाएर लुटन सम्म दिएका छन
हुकुम र शासन केही समय राम्रो
खोस्न सक्दैनन कसैले सुख शान्ति हाम्रो
हमला भएछ पेट, फोक्सो र दिमागमा
फोक्सो बचाउन, पेट र दिमाग जोखिममा परेछ

मुखमा मास्क लगाएर कसैले अपराध गरेको र कसैले सहेको छ
कक्षाको मोनिटर जस्तै कोरोनाले भयानक रोगहरूलाई जितेको छ
बेबस,लाचारि र बेरोजगारी बढदै छ यसरी
तासको महल भत्किन्छ जसरी
थाहा छ , हात नछोएर हातेमालो गर्न सक्छौं
हामी नेपाली विर गोरखाली नारा साकार गर्न सक्छौं

कोरोना फिजाउनेहरु आफनो देशमा उत्सब मनाएका छन
सोले फिल्मको गब्बर जस्तै लकडाउनले हामीलाई तर्साएका छन
अति भयो अब सबले महसुस गरे त के
यसलाई समाधान भन्दा भयाबह पारेका छन
कोरोना हातिको दात जस्तै हो कि के हो
कोइ तातो पानी खाएर बाचेका र कोइ भेन्टिलेटरमा गएर मरेका छन

आयुर्वेद चिकित्साले हप्ता दिनमै परिणाम निगेटिभ गर्छु भन्छ
तर यसलाई अझै स्विकार र सम्मान गरिएको कहाँ छ र,
जनता अनयाौलमा, झिझिर कुना कुन कुना जाऊँ सोच्छ

थाकेछ धुने काममै पैसा खर्च गरेर
आफन्त र समाज सँग टाढा टाढा भएर
जसरी कडा पाबन्दि भए पनि दुई प्रेमीको मिलन हुन्छ
त्यसरी नै मनुष्यले पेट भर्न कोरोनाको लडाइ पक्कै जित्ने छ ।।।

रचयिता: ज्योती कुमारी झा

२०७७ आश्विन ६, मंगलवार ०८:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय