काठमाडौं । अमेरिकामा ७७ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार बुधबार थप ३८ हजार ४४१ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७७ लाख १७ हजार ५२७ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म ४९ लाख २६ हजार ९१८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ७४ हजार ८९० जनामध्ये १४ हजार ३१४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७८७ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १५ हजार ७१९ पुगेको छ ।

२०७७ आश्विन २१, बुधबार ०७:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय