एजेन्सी : हार्वे बार्न्सले अन्तिम समयको बराबरी गोलसंगै लेस्टर प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ ।

सोमबार क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा लेस्टरले उसलाई अंक बाढ्न बाध्य पार्‍यो ।

खेल सकिन ७ मिनेटअघि जोनी इभान्सको पासलाई सदुपयोग गर्दै बार्न्सले बराबरी गोल फर्काएका थिए ।

खेलमा अग्रता घरेलु टोलीले विल्फर्ड जाहाको गोलमा ५८औँ मिनेटमा लिएको थियो । एन्ड्रोस टाउनसेन्डको पासमा जाहाले क्रिस्टललाई अघि बढाएका थिए ।

बराबरीसँगै एक अंक जोडेको लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

समान २९ अंक भए पनि एभर्टनलाई गोल अन्तरका आधारमा पछि पार्दै लेस्टर दोस्रो स्थानमा छ । क्रिस्टल १९ अंकसहित १३औँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: अरुको सामाग्री चोर्न पाइदैन !!