एजेन्सी : बलिउड नायिका प्रियंका चोपडाले लण्डनमा लकडाउनको पालना नगरेको आरोप लगाइएको छ ।

यूकेमा कोरोना भाइरसको खतराका कारण लकडाउन गरिएको छ । जसमा पर्सनल केयर सर्भिस् जस्तै सैलुन, स्पा लगायतका सबै बन्द छन् ।
सबै बन्द हुँदा पनि प्रियंका सैलुन गएको र कोभिड प्रोटोकल उल्लंकन गरेको बताइएको छ ।
प्रियंकालाई लण्डन प्रहरीले केही जरिवाना भने लगाएन । सैलुन सञ्चालकलाई मौखिक सुझाव दिँदै प्रहरी बाहिरिएको बताइएको छ ।

प्रहरीले प्रियंकालाई पनि कोरोनाबाट सुरक्षित हुनका लागि लकडाउनको पूर्ण पालनाका लागि सुझाव दिएको थियो ।

चलचित्रको सुटिङका लागि प्रियंका लण्डन पुगेकी थिइन् । उनले त्यहाँ गरिने क्रियाकलापहरूका लागि पहिले नै स्वीकृति लिएको समेत बताएकी छिन् ।

२०७७ पुष २५, शनिबार ०७:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय