रौतहट : रौतहट जिल्लाको सदरमुकाम गौर वार्ड नम्बर ४ गढवामा करिब ४० ’डोम ’ परिवार बस्ने गर्छन । छेउमै छ सदरमुकाम गौरको अति व्यस्त मानिने बिपी चौकको बजार । सो संगै रहेको छ अलग अलग रहेका एक दर्जन साना ठुला नास्ता पसलहरु । तर नजदिकै बस्ने डोम को लागि ति होटेलहरुमा खान अघोषित प्रतिबन्धनै हुन्छ िउनीहरुलाई कथित तल्लो जातिको भन्नेर होटेल भित्रै गएर खाना खान प्रतिबन्ध जस्तै हुन्छ । स्थानिय फेकु मलि डोम करिब ५० बर्षको हुनुभयो । वहा भन्नु हुन्छ “ छुवाछुतको डरले हामीलाई चिनेको होटेलमा खाना खान रोक हुन्छ । आफुले बोकेर गएको भाडोमा वा कागज र प्लास्टिकमा किनेर घरमै ल्याएर खाने बानि परि सक्यो “ । वहाले यसरि बोलि रहदा सो हि टोलका करिब २५ बर्षीय गिरधारी मलि डोम आक्रोशित हुदै ब्यबस्था माथि प्रश्न गर्न भ्याउनु भयो । वहाले आफुहरु बर्षौ देखि अपहेलित रहेको र अझै पनि सुधार हुन् नसकेको गुनासो गर्नु भयो । “ हामी पढेको छैन ,छोरा छोरी पनि पढ्ने सम्भावना छैन ,यो अपहेलना र अपमान अझै कायमै रहने छ “ वहाको बुझाइ रहेको छ ।

माथिको अवस्था एक प्रतिनिधिमुलक घटना मात्रै हो । तराई मधेशका अधिकांश डोम र मुसहर बस्तीको अवस्था उस्तै छन् । प्राय गाउबाट छुटिएको र डुवान प्रभावित सडकको किनार वा बासघारी नजदिक डोम परिवारको वास हुन्छ । उनीहरुलाई कथित तल्लो जातको भन्नि सामाजिक रुपमा अलग थलग पारिएको हुछ ।

राजदेवी नगरपालिका वार्ड नम्बर १ पथरा टोलमा करिब ११ ’डोम’ परिवारको बास स्थान रहेको छ । गौर पिपरा जोड्ने मुख्य सडक खण्डको किनारमा रहेको उक्त बस्ति बिधालय नज्दिकै भएपनि वस्तीका बाल बालिकाले बिधालयको मुख हेर्न पाएका छैन । “ बिधालयमा पढाउने हैसियत छैन , कहिले काही बालबालिका गयो भन्ने पनि शिक्षकबाट अपहेलित हुनु पर्छ “ स्थानिय बिरेन्द्र मलिको भनाइ रहेको छ । उनले वस्तीका बालबालिकाहरु बिधालय बन्द भएपछी खेल्न मात्रै बिधालयको चौरमा जाने गरेको बताउनु भएको छ । “ छोरा छोरी पढाउने हाम्रो पनि इच्छा छ तर पढाइदिने कसले ? कहिले राम्रो कपडाको बहानामा त् कहिले सरसफाइको बहानामा हाम्रो बाल बालिकालाई बिधालयमा टिक्ने दिदैन“ वहाको आरोप रहेको छ । वहाले पनि गढवाका फेकु मालिकै जस्तो होटेलमा बसेर खान सहज नरहको बताउनु भयो । “कहिले काही मात्रै हो हामि होटेल जाने गरेको त्यो पनि चिनजानको होटेलमा बसेर खान सम्भव छैन “ वहाले थप्नु भयो । उनले होटेल साहुहरू पनि स्थानीय अरु ग्राहकको डरले आफुहरुलाई भाडोमा खान नदिएको बताउदै आफुहरुलाई समाजले हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन नआएको बताउनु भएको छ । राजदेवी नगरपालिकाकै वार्ड नम्बर ४ बागमती बाध नज्दिकै एक अति बिपन्न दलित वस्ती रहेको छ । तल्लो जातिको भंनिने हलखोर, दुशाध र चमार जातिको बसोबास रहेको सो वस्तीको समस्या भन्ने अलिक फरक छ ।

टोलकै बिचमा एउटा अब्यबस्थित दुई कोठे बिधालय भवन रहेको छ । सो बिधालयमा १०० भन्दा धेरै बिधार्थीको नामांकन रहेपनि बिधालयनै संचालन हुदैन । दुई कोठ्ठे भवनमा ५ कक्षा सम्मको पठन पाठन गराउनु पर्ने र शिक्षक समेत अपुग रहेको अवस्थामा बिधालय हुनु र नहुनुमा केहि फरक नभएको सोहि टोलका अर्जुन पासवानको बुझाई रहेको छ । सोहि घर भएका राजदेवी नगरपालिकामा कार्यरत वार्ड सचिव राम प्रवेश रामले दलितमाथिको पिडा राज्यको मुख्य मुद्दा बन्ने नसकेकोमा आक्रोशित बन्नु भएको छ । “ कयौ ब्यबस्थाहरु फेरिए , राना गए , पंचायत फालिए , बहुदल हुदै संघिय गणतन्त्र सम्म आइयो , अवस्था भन्ने ज्यौंका त्यौं छ । कहिले कल छोएको नाउमा ,कहिले मन्दिर पसेको नाउमा दलित माथिको सामाजिक अत्याचार जारि छ “ वहाको भनाइ रहेको छ । सबैको रगत एउटै भएपनि आधुनिक संसारमा छुवाछुत हुनु दुर्भाग्य रहेको बताउदै दलित वस्तीहरुमा शिक्षाको लागि अझै बिसेस प्रयास आवस्यक रहेको उनको बुझाइ रहेको छ । उनले दलितमा पनि डोम, मुसहर, हलखोर, चमार , दुशाध लगायतका जातिहरु अति शोषण र चरम अपमान खेप्नु परेको बताउनु भएको छ िउनले राज्यको सार्थक उपस्थिति जरुरि रहेको पनि बतानु भएको छ ।

राजदेवी नगरपालिकाको वार्ड नम्बर ४ मा रहेको ब्राहम्ण टोलको ठिक पश्चिम फुसको छाना भएको एक मात्र घर रहेको छ । सो घरमा बस्ने करिब ७० बर्षीय रमकलिया देवी डोमिन अझै पनि आफ्नो परम्परागत पेशामै सक्रिय छन् । बासबाट बन्ने अलग अलग सामानहरु बनाई आफ्नो जिविका चलाउदै आएकी राम्कलिया देवी डोमिन त्यस्ता सामाजिक बहिष्करण र छुवाछूतबात अभ्यस्त भैसकेकी छन् । उनि आफुले सोहि गाउमा काम गर्दै जीवनको अन्तिम समयमा आइसकेको भन्दै छुवाछूत आफ्नो लागि सामान्य कुरा भैसकेको बताइन । उनको घरमा केहि दिन पहिले मात्रै वार्ड कार्यालयले खानेपानीको लागि भन्दै छुट्टै कल गाडिदिएको छ । केहि बर्ष पहिला एक एन जी यो ले शौचालय समेत बनाइदिएको रहेछ । उनि कल पाएपछि ठुलो समस्या टरेको बताउनु हुन्छ । “ अरुको कलबाट पानि लिनु प्रतिबन्ध थियो । आफ्नो घरमा २० फिट मात्रै गाडिएको कल थियो । त्यहि कलाको पानीले खाना बनाउने देखि लिएर पिउन समेत बाध्यता थियो । कलाको पहेलो र गन्ध आउने पानि पिउदै आएपनि कसैको लागि समस्या बनेन् “ उनले बताइन् ।

उनि छुवाछूत केहि घटेको महसुस गरेपनि डोम समुदाय अझै छुवाछूतबाट बाच्न नसकेको उनको बुझाइ रहेको छ । उनि संगै काम गर्दै गरेको उनको श्रीमान मख्खन मलिले छुवाछूतकै कारण आफ्नो छोरा पढ्न नसकेको स्मरण गर्नु भो । “ धेरै बर्ष भयो , गाउमै रहेको बिधालयमा छोराको नाम लेखाएको थिए । केहि दिन पढन गयो पनि , तर पछि उ बिधालय जान छोडि सुगुर चराउन जान थाल्यो ,कारण बुझ्दै जादा बिधालायाकै एक शिक्षकले अलग्गै बसाएको र लाठीले हिर्काएकोले उ बिधालय जान छाडेको रहेछ भन्ने बुझियो “ उनको भनाइ रहेको छ । उनले अहिले छोरा पनि आफु संगै यहि पेशामा रमाएको बताउनु भएको छ । छुवाछूतकै सवालामा वहाले आफुहरुले बनाएको समानबाट पुजा हुन्छ तर आफुहरुको छाया पनि अछुत भनिएकोमा दुख लाग्ने गरेको बताउनु भएको छ ।

यता डोम समुदायको जीवन शैलीमा उन्नति को लागि भन्नि सक्रिय रहेको एक युवक विजय मलि डोमको बुझाई अलि फरक छ । वहाले सामाजिक ब्यबहार र बुझाईमा तात्विक फरक नदेखिएपनि डोम समुदाय भित्रै भित्र परिवर्तन हुन् थालेको बताउनु भएको छ । यद्धपि परिवर्तनको गति भन्ने गतिलो नभएको उनि स्वीकार गर्छन । “ जिल्लामा आफु बाहेक ३ जना डोमले एस इ इ सम्मको पढाईगर्न सफल भएको र १ जना प्रबिणता प्रमाण पत्र तह सम्मको शिक्षा हासिल गरेको छ । आफ्नै पहलमा करिब ८० बल बालिकाको बिधालयमा नामांकन गराएको छु , अब तिनीहरुलाई बिधालायामै टिकाइ राख्न प्रयास गर्ने छु “ वहाको भनाइ रहेको छ । उनि बिभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा अ हे व सम्मको पढाई पुरा गरि अहिले सरकारी जागिरमा रहेको छ । वहाले सामाजिक धारणामा परिवर्तन नआए सम्म परिवर्तन सम्भव नरहेको बताउनु भएको हो । टुडे एक्सप्रेस दैनिकमा  धर्मेन्द्र साहले यो खबर लेखेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

error: अरुको सामाग्री चोर्न पाइदैन !!