महोत्तरी : महोत्तरीको गौशालामा पहिलोपटक योग शिविरको आयोजना हुने भएको छ । गौशाला नगरपालिकाले अगामी माघ १ गतेदेखि सप्ताहव्यापी रुपमा योग शिविर आयोजना गर्न लागेको हो ।

नगरस्तरीय रुपमा गौशाला बजार केन्द्रित गरि हरेक दिन विहानीपख शिविर आयोजना गरिने गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ । नगरप्रमुख शिवनाथ महतोले योग गर्नाले मानवजीवनमा अनेकौ फाईदा पुगाउने भएकोले नगरभित्र पहिलोपटक योग शिविर आयोजना गर्ने निर्णय गरेको जानकारी दिए ।

योगलाई साधनाको रुपमा मनन गर्दै मानवले अपनाए स्वच्छ हुनुको साथै लाभदायक हुने नगरप्रमुख महतोले तर्क राखेका हुन । कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले नगरलाई योगयुक्त क्षेत्र घोषणा हुने किसिमको लक्ष्य लिएर अभियान संचालन गर्नका लागि आग्रह गरेका हुन् ।  योग ध्यान गर्नाले दुर्घटना बाहेक उपचारको लागि अस्पताल जानुपर्ने अवस्थाको अन्त्य हुने भएकोले यसले आर्थिकको साथै स्वास्थ्यको लागि पनि फाईदाजनक हुने पूर्वमन्त्री पोखरेलले बताए ।

सो अवसरमा प्रदेशसभा सदस्य भरप्रसाद साहले व्यवस्थित रुपमा योग शिविर आयोजना गर्नका लागि आग्रह गरेका हुन् । सदस्य साहले शिविरको आयोजना गर्दा आयोजकले विविधपक्षलाई मनन गर्दै आयोजना गर्नका लागि निर्देशन दिएका हुन् ।

२०७७ पुष २६, आईतवार १९:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय