
राजविराज : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताएका छन् ।
सप्तरीको राजविराजमा आज प्रेस मञ्च र प्रेस नेपाल सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने बताउँदै निर्वाचनबाट भाग्न नचाहेको प्रस्ट पारे ।
उनले वैकल्पिक शक्तिका रूपमा जनता समाजवादी पार्टीको उदय भएको भन्दै यही पार्टीले हिमाल, पहाड र मधेशको हित गर्ने कुरा आमजनताले अनुभूति गरिरहेकाले जनलहर बढेको दाबी गरे ।
प्रतिनिधिसभा पुनःस्थापना नै वर्तमान राजनीतिक समस्याको निकास रहेको बताउँदै अदालतबाट यो समस्याको निकास पाउने र संविधान एवं लोकतन्त्रको पक्षमा निर्णय आउनेमा आफूहरु आशावादी रहेको नेता महतोले विश्वास व्यक्त गरे ।