काठमाडौं : अभिनेत्री रागिनी द्विवेदी ४ महिनापछि जेलबाट छुटेकी छिन् । ४ महिनाअघि सेप्टेम्बरमा ड्रग्स केसमा पक्राउ परेकी रागिनीलाई आज भारतको सर्वोच्च अदालतले जमानत दिएको हो ।

कन्नड फिल्मकी अभिनेत्री रागिनीले यसअघि २ पटक जमानतका लागि आवेदन दिएकी थिइन् तर अदालतले रद्द गरिदिएको थियो । उनलाई क्राइम ब्रान्चको टिमले ४ सेप्टेम्बरमा पक्राउ गरेको थियो ।

टाइम्स अफ इण्डियाका अनुसार यसअघि ३ नोभेम्बरमा कर्नाटक उच्च न्यायालयले रिगिनीसहित अन्य २ जनालाई जमानत नदिने फैसला सुनाएको थियो । तल्लो अदालतको यो फैसलालाई बिहीबार सर्वोच्च अदालतले रद्द गरेको हो ।

रागिनी मोडल र कन्नड फिल्मकी चर्चित अभिनेत्री हुन् । उनी २००८ मा फेमिना मिस इण्डियाकी उपविजेता हुन् । २००९ मा वीर मदकरी फिल्मबाट करिअरको सुरुवात गरेकी रागिनीले केम्पे गौडा, शिव, बंगारी, रागिनी आइपिएस लगायतका फिल्ममा काम गरेकी छिन् ।

२०७७ माघ ११, आईतवार ११:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय