सुनसरी : सुनसरी सदरमुकाम इनरुवा–१ बलाहास्थित शङ्करपुर शाखा नहरबाट २५० केजी गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गाडी चालक भोजपुर हतुवागडी गाउँपालिका–९ का २७ वर्षीय अर्जुन खड्का र धरान उपमहानगरपालिका–१ का २६ वर्षीय ज्याक्सन श्रेष्ठ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।

धनकुटाबाट को १ च ९८५२ नम्बरको स्कारपियो गाडीमा राखेर सुनसरी र मोरङगको बाटो प्रयोग गरेर भारततर्फ बिक्री वितरणका लागि लगिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले २५० केजी गाँजासहित स्कारपियो गाडी, खड्का र श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान शुरु गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । file photo

२०७७ माघ २१, बुधबार १५:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय