एजेन्सी : बलिउडमा केही स्टार कलाकारहरु छन्, जसलाई दुनियाँले एउटा ठूलो हिस्साले चिन्छन् । तर, उनीहरुको असली नाम र नाम परिवर्तन गर्नुका कारणको विषयमा भने धेरैलाई थाहा नहुन सक्छ ।

बलिउडका ठूला नामहरु महानायक अमिताभ बच्चन, सलमान खान, अक्षय कुमार, शिल्पा शेट्टी, टाइगर श्राफ, सनी लियोनीलगायतले आफ्नो नाम परिवर्तन गरेका छन् ।

जसमध्ये केही व्यक्तिले जन्मकुण्डलीअनुसार आफ्नो नाम परिवर्तन गरेका छन् भने कसैले भाग्यको खोजीमा । कसैले स्टाइलका लागि, त कसैले आफ्नो अलग पहिचानका लागि ।

अमिताभ बच्चन

भारतीय चलचित्र उद्योग बलिउडका महानायक अमिताभ बच्चनले पनि आफ्नो नाम परिवर्तन गरेका थिए । बिग बीको असली नाम इन्क्लाब श्रीवास्तव हो । अमिताभका बाबु हरिवंश राय बच्चनले ‘इन्क्लाब जिन्दावाद’ वाला नाराबाट प्रभावित भएर अमिताभको नाम इन्क्लाब राखिदिएका थिए । पछि उनले आफ्नो नाम अमिताभ बनाएका थिए ।

सलमान खान

सलमान खानले पनि आफ्नो नाममा परिवर्तन गरेका छन् भन्दा धेरैलाई पत्यार लाग्दैन । तर, उनले पनि आफ्नो नाममा परिवर्तन गरेका छन् ।सलमानको पूरा नाम अब्दुल रशिद सलिम सलमान खान हो । तर, उनले आफूलाई छोटो नाम सलमानबाट परिचित गराए ।

अक्षय कुमार
अक्षय कुमारले पनि आफ्नो नाम परिवर्तन गरेका हुन् । उनको असली नाम राजिव हरिओम भाटिया हो । उनले आफ्नो पहिलो फिल्ममा काम गर्ने समयमा निर्देशकको सल्लाहमा नाम परिवर्तन गरेका थिए ।

अजय देवगन​​
अजयले पनि आफ्नो नाम परिवर्तन गरेपछि चर्चा पाएका हुन् । उनको असली नाम विशाल विरु देवगन हो ।

शिल्पा शेट्टी

​शिल्पा शेट्टीले पनि बलिउडमा आएर आफ्नो नाम परिवर्तन गरेकी छन् । उनको असली नाम अश्विनी शेट्टी हो । चलचित्रमा काम गर्ने समयमा उनकी आमाले ज्योतिषको सल्लाहअनुसार नाम परिवर्तन गरिदिएकी थिइन ।

सनी लियोनी

​पोर्नस्टारको छविबाट भारतीय सिने नगरीमा आएकी सनी लियोनीको पनि असली नाम यो होइन । उनले पोर्न उद्योगमा काम गर्ने समयमा यो नाम राखेकी थिइन् । उनको असली नाम करणजित कौर बोहरा हो ।

यी स्टारहरुसँगै बलिउडमा धेरै कलाकारहरुले आफ्नो नाम परिवर्तन गरेसँगै ख्याती कमाएका छन् । जसमा टाइगर श्राफ, रेखा, तब्बु, चंकी पाण्डेलगायत रहेका छन् ।


२०७७ माघ २६, सोमबार १६:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय