
काठमाडौं : गए राति इटालियन सिरिएको मिलान डर्बीमा इन्टरले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा इन्टरले एसी मिलानलाई ३–० गोलले पराजित गरेको हो । उक्त खेलमा इन्टरको लागि लाउटारो मार्टिनेजले दुई गोल र रामेलु लुकाकुले एक गोल गरे ।
उक्त खेलको पाँचौं मिनेटमा इन्टरका मार्टिनेजले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ५७ औं मिनेटमा मार्टिनेजले अर्को गोल गरे ।
त्यसपछि खेलको ६६ औं मिनेटमा लुकाकुले गोल गरे । जितसँगै इन्टरको २२ खेलमा ५३ अंक छ भने दोस्रो स्थानको मिलानको अंक ४९ रहेको छ ।