काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले देशलाई ठूलो दुर्घटना हुनबाट बचाएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि अध्यक्ष यादवले रातोपाटीसँग प्रतिक्रिया दिँदै सर्वोच्च अदालतप्रति जनताको विश्वास झनै बढेर गएको बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कदम चालेको कुरा सर्वोच्च अदालतले ठहर गरेको छ । यो निर्णयले लोकतन्त्र, संघीयता र गणतन्त्र बलियो छ,’ उनले भने ।

संसद पुनःस्थापनाले देश एउटा ट्रयाकमा फर्केको बताउँदै उनले संसद सुचारु भएपछि असहमति र असमझदारीको विषयमा छलफल गर्न सकिने बताए ।

२०७७ फाल्गुन ११, मंगलवार १८:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय