मलेसिया : धनुषाको धनुषाधाम नगरपालिका ९ निवासी छेदु मण्डलको बैदेशिक रोजगारको सिलसिलामा मलेसिया मृत्यु भएपछि मृतकका परिवारले आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।

मृतक छेदु मण्डल ४ बर्ष पहिला २०१७-05-२८ मा  मलेसिया केलाङको  काजाङ्ग स्थित YHL HOLDING KL SDN  BHD मा  BABY ANGEL international pvt. ltd. मार्फत आएको थियो ।

२०२१-०२-१९ तारिखको दिन  स्वास्थ्य  समस्या गडबड भएर होस्पिटेल  भर्ना  भएको थियो तर उपचारकै क्रममा २०२१-०२-२१ तारिखको दिन आकस्मिक निधन भएको हो  ।

काम गरेर परिवार चलाउने घर मुख्य सदस्यको नै मृत्यु भएपछि घरको आर्थिक स्थिति न्यून अवस्थामा पुगेको हुनाले मृतकको बुवा जिरेखन मण्डल केवटले आर्थिक सहयोगको अपिल गरिएको छ ।

उनको उपचारको क्रममा निधन भएसंगै शव नेपाल पठाउने बारे कम्पनीले तयारी गरेपनि बिमा लगायतको क्षतिपूर्ति बारे कम्पनीले चासो नदेखाएपछि परिवारको आर्थिक अवस्था कम्जोर रहेकोले सहयोगको लागि अपिल गरिएको एक आफन्तले जानकारी दिए ।

आर्थिक सहयोगको लागि

नेपाली सम्पर्क नं. : +977-9813558881

मलेसियाका लागि हेल्प मधेसी जोहर प्रमुख सुरेन्द्र महतो

सम्पर्क मो.न. :  +60102521407

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!