काठमाडौँ : एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका -१२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर महानगरपालिका-६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् ।

पक्राउ पर्नेहरुले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१८ निवासी २३ वर्षीय सुभाष कामतलाई शनिबार दिउँसो करिब १ः३० बजेबाट बन्धक बनाएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ पर्नेहरुले पीडितको परिवारसँग १० लाख फिरौती माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राईले बताए ।

प्रहरीले बन्धक बनाइएका सुभाषलाई २ घण्टाभित्र नै सकुशल उद्दार गरेको प्रहरी नायव उपरिक्षक राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!