बागलुङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको बदनियत रोक्नका निम्ति अबको सरकारको नेतृत्व कांग्रेसले गर्ने बताएका छन् ।

नेपाल शिक्षक संघ बागलुङको २० औं र २१ औं संयुक्त प्रतिनिधिसभा कार्यक्रमको उद्घाटन गर्दै थापाले प्रधानमन्त्री ओलीले राज्यलाई कब्जा गर्न खोजेको नियत रोक्नका लागि कांग्रेसले अबको सरकारको नेतृत्व गर्ने बताएका हुन् । उनले केपी ओलीले धेरै ठाउँमा भ्वाङ पारेको हुँदा त्यसलाई टाल्न र जनताको जनमतलाई कदर गर्नका निम्ति पनि कांग्रेसको सरकार आवश्यक रहेको बताए ।
नेता थापाले देशको राजनिति अवस्थालाई कम्युनिष्टहरुले संकटमा धकेलेको हुँदा यसको निकासका लागि पनि काँग्रेस सरकारमा जानुपर्ने बाध्यता भएको बताए ।

‘संविधानको मर्मअनुसार लोकतान्त्रिक संस्थाहरुको आचरण र सबलीकरण गरी देशलाई चाँडो भन्दा चाँडो निर्वाचनमा लिएर जाने हो । नेता थापाले भने, ‘निर्वाचन गरेपछि नेपाली जनताले आफै फैसला गर्नेछन् । जनताको बीचमा जाने वातावरण काँग्रेसले गर्नेछ । काँग्रेसले एउटा पद्धति बसाल्ने छ ।’ उनले नेपाली जनताले कम्युनिष्ट पार्टीलाई एउटा मौका दिएका थिए । तर त्यो मौका पाए पनि कम्युनिष्टहरुले देशलाई झनै संकटमा लगरे संविधानलाई नै संकटमा पार्ने काम गरेको आरोप लगाए । उनले मुलुकमा राजनीति गर्छाैं भन्ने कम्युनिष्टहरु सबैलाई जनताले चिनिसकेको बताए ।

‘जनताले नेपालका कम्युनिष्ट पार्टीको नेतृत्व गर्ने ओली, प्रचण्ड, माधव, चित्रबहादुर मोहनविक्रम सबै चिनिसके’ थापाले भने, ‘बाँकी एउटा विप्लव थिए त्यो पनि चिनिसके, सबैको कम्युनिष्टहरुले लगाएको लुगा पनि फुस्की सके चिन्न कोही पनि बाँकी छैन । सबैलाई जनताले बुझने मौका पाएका छन् । त्यसकारणले गर्दा मौका पाउँदा गर्न नसक्नेलाई कसरी देश सम्हाल्न दिने ।’

प्रतिनिधि सभा सदस्यसमेत रहेको थापाले अब देशलाई खतरा जानबाट जोगाउन कांग्रेसले नेतृत्व गर्न आवश्यक रहेको बताएका हुन् । उनले कम्युनिष्टहरुले मौका पाउँदा मौकाको प्रयोग गर्न नसक्दा देशलाई यो ठाउँमा पुर्याएको बताए । थापाको ओलीलाई जनताले दिएको पाँच वर्षको म्यान्डेटलाई सम्हाल्न नसकेको आरोप छ । हामी एउटै पार्टी बनाएर आयौँ भन्दै आफैलाई महान् सम्झिनेहरु अहिले कुना कुनामा बस्न बाध्य भएको उनको भनाइ थियो ।

पूर्वमन्त्री थापाले २०५१ सालको राजनीतिक अवस्था आउन नदिनका लागि कांग्रेसले प्रतिरक्षा गरेर अगाडि बढ्न बताए । थापाले शिक्षकका हरेक समस्यालाई हल गरेर जानुपर्नेमा आफुले निरन्तर संसदमा माग उठाएको बताए । कार्यक्रममा नेपाली काँग्रेसका कन्द्रीय वैकल्पिक सदस्य किरणराज पौडेलले जनताले अब कम्युनिष्टलाई घुँडा टेकाउने बताएका थिए । FIle Photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!