कपिलवस्तु : जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चार किलो लागुऔषध चरेशसहित एक महिलालाई पक्राउ गरेको छ।

गत फागुन २९ गते बिहान पौने ११ बजेतिर इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बिओपी कृष्णनगरको संयुक्त सुरक्षा टोलीले कपिलवस्तुको कृष्णनगर बसपार्कबाट महिलालाई पक्राउ गरेको हो।

कृष्णनगर नगरपालिका वडा नं. २ स्थित बसपार्कबाट भारततर्फ पैदल जाँदै गरेकी रोल्पा परिवर्तित गाउँपालिका वडा नं. २ राङ्सी बस्ने ३४ वर्षकी पूर्णिमा घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो। पैदल भारततर्फ जाँदै गरेकी उनलाई खानतलासी गर्दा सुरूवालभित्र प्लास्टिक र निक्यापमा लुकाइछिपाइ लैजाँदै गरेको ८ प्याकेट चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उक्त चरेश तौल गर्दा ४ किलोग्राम रहेको अधिकारीले बताए।  प्रहरीले बरामद गरिएको चरेश र पक्राउ परेकी घर्ती मगरमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ। उनलाई लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

२०७७ चैत्र ३, मंगलवार १६:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय