काठमाडौं : ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’को फस्ट लुक सार्वजनिक भएको छ । पोष्टरमा बलिउड अभिनेता अजय देवगन देखिएका छन् । सार्वजनिक पोष्टरलाई दर्शकले निकै मन पराएका छन् ।

निर्देशक राजामौली अजयको नयाँ लुक सार्वजनिक गर्दै निर्देशक राजामौलीले भनेका छन् लोड एम सुट । ऊ आफ्ना व्यक्तिहरुलाई सशक्त बनाएर जित हासिल गर्दछ । उनले अजयको जन्मदिनका शुभकामना दिदै पोष्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा अजयलाई एक योद्धाको भुमिकामा देखिएको छ ।

राजामौलीको निर्देशनमा बनेको यस फिल्ममा अजय देवगन सँगै एनटिआर, रामचरण, आलिया भट्ट तथा ओलिभिया मोरिस लगायतका कलाकारको अभिनय रहेको छ ।

महँगो लगानीमा निर्माण भइरहेको यस फिल्मलाई महत्वका साथ हेरिएको छ । फिल्म आगामी १३ अक्टोबरमा रिलिज गरिने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: अरुको सामाग्री चोर्न पाइदैन !!