काठमाडौं : कोरोना भाइरसका कारण अति प्रभावित देशहरुमा नयाँ भेरियन्टका कारण नियन्त्रण गर्न समस्या भइरहेको छ ।

सबैभन्दा धेरै भारतमा हरेक दिन सङ्क्रमण दर उच्च भइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ५४ हजार ५ सय ३१ जना सङ्क्रमित थपिएका छन् भने २ हजार ८ सय ६ जनाको ज्यान गएको छ ।

भारतको महाराष्ट्र, नयाँ दिल्लीलगायत ठाउँहरुमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । ती राज्यहरुमा सङ्क्रमित राख्ने शैया र अक्सिजन अभाव भएको छ । यस्तै कोरोनाले धेरै प्रभावित देश फ्रान्समा कोरोनाको तेस्रो लहरको शंका गरिएको छ ।

कोरोना सङ्क्रमित एक्कासी धेरै बढेसँगै फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले सङ्क्रमणको तेस्रो लहर सुरु भएको हुन सक्ने शंका गर्नुभएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै साढे २४ हजार सङ्क्रमित थपिएका छन् भने १४५ जनाको ज्यान गएको छ ।

यस्तै कोरोनाले अति प्रभावित अमेरिका र ब्राजिलमा पनि नयाँ भेरियन्टका कारण नियन्त्रण गर्न समस्या भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: अरुको सामाग्री चोर्न पाइदैन !!