प्रतिभा झा

जनकपुरधाम : ‘गर्भपतन जस्तो सुकै अवस्थामा भएपनि भावनात्मक रुपले गर्भपतन गराएका महिलालाई सहयोग र साथ आवश्यक हुन्छ । घरका सम्पूर्ण सदस्यले गर्भपतन गराउन चाहेका, गर्भपतन गराएका वा आफै गर्भपात भएका महिलालाई शारिरीक तथा भावनात्मक रुपमा सहयोग गर्नुपर्छ । सुरक्षित गर्भपतनबारे महिलालाई मात्र नभई पुरुषलाई पनि जानकारी हुनुपर्छ ।’ जनकपुरका १८ वर्षिय विक्रम दास कलेज पढ्दै गरेका उनलाई गर्भपतन बारे धेरै जानकारी छैन तर उनले घरपरिवार र छर–छिमेकबाट सुने–बुझेको आधारमा गर्भपतन हानी गर्ने कुरा हो भने बुझ्छन् । विक्रम भनछन, ‘हाम्रो तिर गर्भपतनलाई नराम्रो मानेका छन्, गर्भपतन गराउनु पाप सरह मानिन्छ । यो गराउने प्रकृयालाई लुकाउन चाहेकोले बढी जसो असुरक्षित बाटो रोज्ने गरेको छ । जब की अन्र्तराष्ट्रिय स्तरमा गर्भपतनबारे घरपरिवार र समाजले त्यति चासो राख्दैनन् ।’

समाजको भनाईका आधारमा गर्भपतन समाजिक रुपले पाप रहेपनि गर्भपतनबारे आफ्नो व्यक्तिगत सोच भने फरक रहेको सुनाए । गर्भपतन गर्नु नराम्रो भएपनि गर्नुपर्दा  घरपरिवारको सल्लाहमा सुरक्षित तवरबाट गर्ने राम्रो मान्छन् । सुरक्षित गर्भपतनबारे उनले कहींकतै पढेका छैनन्, नत यस सम्बन्धित कुनै कार्यक्रममा सहभागि नै भएका छन् । भर्खर मात्र १८ वर्ष टेकेका विक्रम गर्भपतनबारे मेडिकल प्रकृया, कानुनी मान्यताबारे अनभिज्ञ छन् तरपनि उनले १८ वर्ष मुनिका किशोरी गर्भवति भए, स्वास्थ्य हिसाबले ज्यान जान सक्ने खतरा हुने र गर्भ राख्नुपर्दा कम्तीमा १८ वर्ष भन्दा माथिकाले मात्रै राख्नुपर्ने बुझाई छ । विक्रमले आफु बुझेको कुरा भनिरह्ँदा गर्भपतनबारे नकारात्मक सोच राखेका समाजमा हुर्किदैं गरेका किशोर किशोरीमाथी पनि यसले प्रभाव पारेको सहजै देखिन्छ ।

गर्भपतनबारे २० वर्षिय विद्यापति ठाकुर ‘एलेक्स’ले यो अपराध हो भने पक्षमा आफ्नो मत राख्छन् । सबभन्दा पहिले त गर्भपतन गराउन कसैले चाह्दैन तर पनि अनैच्छित गर्भलाई पतन गराउनु छ भने, शारिरीक रुपमा हानी नपु¥याउने गरि र चिकित्सकको सल्लाह बमोजिम गर्नुपर्ने एलेक्सको भनाई छ । प्लस २ सकेर मेडिकलको तयारी गरिरहेका एलेक्सले अहिलेको समयमा शिक्षिकाहरुले पनि प्रिकेप्सन÷कन्ट्रासेप्टिभ प्रयोग नगर्दा गर्भपतन गराउनेको संख्या बढेको बताउछन् । गर्भपतनमा पनि बढिजसोले असुरक्षित गर्भपतन रोजेको उनको कथन छ ।
सबभन्दा पहिले समाजमा लाग्ने कलंक÷लाञ्छना र डक्टरकोमा जाँदा व्यक्तिगत र पारिवारिक विवरण लिने डरले मान्छे असुरक्षित बाटो रोज्ने गरेको एलेक्स बताउछन् । युवा अभियन्ताको रुपमा समेत रहेका एलेक्सले महिलाले गर्भपतन गराउनलाई चिकित्सकोमा जाँदा पनि गोप्य र पारिवारिक खुलाउन नहुने तर्क छ । सरकारले मान्यता दिएको क्लिनिक, आधिकारिक स्वास्थ्यकर्मीसंग गर्भपतन गराउनलाई पुग्नेको संख्या न्युन रहेको तथ्यांक सञ्चार माध्यमबाट जानकारी भएको बताउँदै गर्भपतनबारे शिक्षा र सरकारले तोकेको कानुनहरु मध्ये केही कानुन तथा मान्यताहरुबारे जानकारी रहेका बताए ।

विद्यालयमा प्रजनन स्वास्थ्य, सुरक्षा तथा सरसफाईको टपिक आउँदा शिक्षकले त्यो ‘टापिक स्कीप’ गर्ने प्रयास, त्यो ‘चेप्टर’ पढाउँदा कक्षा कोठामा हुने ‘निगेटिभ क्राउड’ हरुलाई  शिक्षकले ‘कन्ट्रोल’ गर्न नसक्ने खालको वातावरण हुँदा हाम्रो ‘स्कुलिंग’ पुगेको छैन, तरपनि भिजिवल ईमप्याक्ट नामक संस्थाले गर्दै आएको गर्भपतनबारे युवाहरुको पैरवीमा धेरै कुराको जानकारी पाएको एलेक्स बताउँछन । तरपनि जुन ‘एजग्रुपले’ यो कुराको जानकारी हुनुपर्ने हो, तर त्यहाँसम्म शिक्षा सन्देश पुगेकै छैन । शहरतिरका किशोर किशोरी, युवायुवतीहरु अलि–अलि जानकार भएपनि गाउघरका विद्यार्थीहरुमा यसबारे शुन्य जानकारी शुशो भएकोले ग्राण्ड भिलेजमा बढि केन्द्रित हुनुपर्ने उनको स्पष्टोक्ति छ ।
एलेक्स भन्छन, ‘प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतन जस्ता ‘सेन्सेटिभ’ कुरामा ‘प्राथमिक लेभेलमै’ शिक्षा दिनुपर्छ । जसको लागी विशेषगरी ८ कक्षा देखी १२ सम्मको विद्यार्थीलाई यसबारे अनिवार्य शिक्षा दिनुपर्छ । विशेषगरी यसबारे शिक्षा दिन महिला शिक्षक र महिला सहभागिता बढाउनुपर्छ, जसले उनीहरु खुलेर बोल्न सकुन् । सुरक्षित गर्भपतनबारे अभिमुखिकरण दिने कार्यक्रममा महिलाहरुको सहभागिता बढिहुनुपर्छ ।’ भिजिवल ईम्प्याक्टको उक्त कार्यक्रममा सहभागि हुँदा बुझ्ेर अहिले अरु ठाउँमा गई सुरक्षित गर्भपतन बारे पैरवी गर्न समेत सक्षम भएको बताए ।

गर्भपतनबारे २१ वर्षिय राहुल झाको व्यक्तिगत धारणा उनको समाजको धारणा भन्दा फरक छ । झा भन्छन, ‘हाम्रो समाज अझैपनि त्यति विकसित, शिक्षित, खुलासोच, खुल्ला प्रवृति, आधुनिक विचारधाराको बिकास भईसकेको छैन । अन्र्तराष्ट्रिय स्तरमा गर्भपतनलाई खराब मानिदैँन तर यहाँको परिवेशमा गर्भपतनलाई खराब भन्दा पनि पाप नै हो भनि बुझ्छन् । कसैको छोरी, बुहारीले गर्भपतन गराउँदा कसैले थाहा नपाओस भनि गोप्य राखिन्छ । किनभने हाम्रो समाजिक धारणामा गर्भपतन गर्नु पाप हो ।’ कानुनको विद्यार्थी समेत रहेका राहुल झाको गर्भपतनबारेको साकारात्मक धारणा छ ।

‘गर्भपतन कुनै खराब कुरा हैन, यो जोसुकैलाई आवश्यक पर्न सक्छ । यो बायोलोजिकल प्रोसेस हो । कसैलाई चाहिएको गर्भ हुन्छ, कसैलाई चाहिएन भने त्यसले आफ्नो स्वेच्छाले गर्भपतन गर्नसक्छ । त्यसलाई हामीले सर्पोट गर्नुपर्छ । जुन महिलाले गर्भपतन गर्ने निर्णय गरिसकेको छ भने उसलाई आर्थिक, शारिरीक, समाजिक रुपले होस् अथवा भावनात्मक रुपले ‘सर्पोट’ गर्नुपर्छ ।’
राहुलकै उमेर समुहका उनका साथी–भाईमा समेत गर्भपतनबारे सकारात्मक धारणा आर्ई सकेको झा बताउँछन् । उनले एकआधले साथीले साकारात्मक सोच राखेर गर्भपतन सुरक्षित नहुने बताउँछन् । आधुनिक सोच राखेर पनि भन्दा ठुलाबडा सामु बोल्नलाई अप्ठ्यारो हुने गरेको बताउँदै समयसंगै धेरै कुरामा परिवर्तन आएसंगै गर्भपतनबारे युवा पुस्तामा समेत सकारात्मकता आउन लागेको उनको बुझाई छ । शिक्षामा मात्र बढि केन्द्रित भएर हुँदैन यसबारे अभियानहरु चलाउन समेत आवश्यक रहेको उनको कथन छ । भिजिवल ईमप्याक्ट नामक संस्थाद्वारा जनकपुरमा चल्दै आएको गर्भपतनबारे युवाहरुको पैरवी तथा कार्यक्रममा उनले ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउँदै आएको जानकारी प्राप्त भएको बताए ।

यस्तै गर्भपतन सर्जिकल र मेडिकल दुई प्रकारको हुने गरेको समेत जानकारी भएको राहुल बताउछन् । राहुलका अनुसार असुरक्षित गर्भपतनले महिलामा अत्याधिक रक्तश्राव हुँदा, शारिरीक रुपमा असक्षमता अथवा मेडिकल ट्रिटमेन्ट टाइममा नपुग्दा ज्यान जाने खतरा रहेपनि असुरक्षित गर्भपतनको ठुलो कारण हाम्रो समाज रहेको छ । यस्तै, पार्टनर श्रीमानले यस्तो बेला सहयोग दिनुपर्ने हुन्छ तर त्यसो नहुँदा पनि महिला बढि असुरक्षित हुने गरेको उनको भनाई छ । विद्यालयमा पनि यसबारे पढाई नहुने, भएपनि पुर्ण रुपमा नपढाउने र कक्षामा विद्यार्थीले प्रश्न गर्दा शिक्षकले चुप लागेर बस अथवा जवाफ नै नदिने खालको वातावरणले पनि हाम्रो समाज यस मुद्दामा असुरक्षित बन्न पुगेको कानुन विद्यार्थी राहुल झाको कथन छ ।

सुरक्षित गर्भपतनबारे पत्रपत्रिकामा कतिको समाचार छापिने गरेको अथवा यसप्रतिको चासोको विषयमा पत्रकारिताका विद्यार्थी रजत कायस्थले गर्भपतनबारे सहि तथ्यांक उपलब्ध हुन नसक्नु ठुलो विडम्बना रहेको बताउछन् । भर्खर भर्खर स्नातक गर्दै गरेका रजतले गर्भपतनबारे धेरै सुरक्षित र असुरक्षित गर्भपतन बारे छुट्याएर भन्न सक्छन तर यसबारे कानुनी र आधिकारिक मान्यता पाएको संस्थाबारे अनभिज्ञ छन् । गर्भपतन सुरक्षित र असुरक्षित हुन्छ भने कुरा भिजिवल ईमप्याक्ट नामक संस्थाले गर्दै आएको गर्भपतनबारे युवाहरुको पहुँच साथै पैरवीमा सम्बन्धि जनकपुरमै भएको कार्यक्रमबाट थाहा पाएको बताउछन् ।

‘हाम्रो समाजतिर गर्भवति भएको बेला गर्भमा केही समस्या पर्दा, आफै गर्भ समाप्त हुँदा, शारिरीक अथवा मानसिक रुपमा कुनै समस्या देखियो, भने चिकित्सक भन्दा बढी धामीझाँक्रि निर जानेको गरेका छन्, जसले गर्दा समयमा उपचार नभई कतिको ज्यान समेत जानेको छ । सुरक्षित गर्भपतन चिकित्सकको सल्लाह लिईकन गर्ने भएपनि मान्छे आफ्नो चिनजानको मानिससंग भेट हुनसक्ने र आफ्नो सत्यता बाहिरिएला भन्ने डरले त्यहाँ जान हिच्कचाउने गर्छन्’ कायस्थले भने । गर्भपतन एउटा बायोलजिकल तथा मेडिकल प्रक्रिया रहेपनि लाञ्छनाको डरले बढि महिला असुरक्षित हुने गरेको उनको बुझाई छ । यद्यपी, रजतकै उमेर समुहका अन्य युवायुवतीहरुलाई यति गम्भीर विषय बारे थाहा नरहेकोले ठाउँ–ठाउँमा पुगी अभिमुखिकरण गर्नुपर्ने आवश्यक्ता रहेको उनको बुझाई छ । ‘मैले सुरक्षित गर्भपतनमा युवाहरुको पहुँच ठुलो संख्यामा हुनुपर्छ भन्ने बुझाई छ’ रजत थप्नुहुन्छ ।

यता, भिजिवल ईमप्याक्ट नामक संस्थाका ीभतुक तबपि बदयगत तजभ चष्नजत या कबाभ बदयचतष्यल कार्यक्रम चलाउँदै आएका अनुराग झाले सर्वप्रथम यो कार्यक्रममा सहभागि हुन युवाहरुलाई बोलाउन खोज्दा ‘टापिक’ सुनेर नै नआउने वातावरण रहेको बताउछन । अनुरागका अनुसार सुरक्षित गर्भपतन जस्ता विषय युवाहरुले बुझ्नुपर्ने महत्वपूर्ण विषयहरु मध्ये एक रहेपनि यहाँको परिवेशमा खासै चासो देखिएको छैन । तिनिहरुलाई यसबारे फोन मार्फत परामर्श दिएपछी मात्र युवाहरको सहभागिता हुन पुगेको उनको भनाई छ ।

अनुराग भन्छन, ‘मैले स्कुल तथा कलेजमा सुरक्षित गर्भपतनबारे कार्यक्रम चलाउँदा विद्यार्थीमा ज्ञान अभाव, प्रजन्न स्वास्थ्यय बारे पढाई भएको देखियो भने विद्यालयमा शिक्षकले नै यस्तो यस्तो कार्यक्रम नचलाउँदा नी वेश हुन्छ भनेर पनि भने । समग्रमा भन्नुपर्दा शिक्षक देखी विद्यार्थी सम्ममा प्रजन्न स्वास्थ्य, महिनाबारी सरसफाई र सुरक्षित गर्भपतन जस्ता विषय चासोमा नपरेको देखिन्छ ।’ युवापुस्तामा सुरक्षित गर्भपतनबारे ज्ञानको विकास गराउनु तथा यसलाई समाजले सहज रुपमा स्वीकार्नु एउटा ठुलो चुनौती रहेको अनुरागको कथन छ ।

प्रदेश २ मा ीभतुक तबपि बदयगत तजभ चष्नजत या कबाभ बदयचतष्यल को कार्यक्रम चलाएका अनुरागले शिक्षण संस्थामा बायोग्रुप बाहेक, म्यानेजमेन्ट, आर्ट फिल्डसंगै अन्य अन्य फिल्डका विद्यार्थीलाई पनि प्रजनन् स्वास्थ्य तथा सुरक्षित गर्भपतनबारे अध्यनन अध्यापन गराउनु अनिवार्य देखिएको बताए । यस्तै, स्थानीय निकायले पनि प्रजनन् स्वास्थ्य तथा सुरक्षित गर्भपतनमै केन्द्रित रही केही पैरवी ग¥यो अथवा प्रदेश सरकारले नै यस सम्बन्धित निती निर्माण गरी अभिमुखिकरणका कार्यक्रमहरु ल्यानुपर्ने आवश्यक्ता रहेको उनले थपे । अनुरागका अनुसार हामीले झट्ट हेर्दा गर्भपतन त्यती संवेनशिल विषय नरहेको ठाने पनि गहिरो अध्ययनमा यो महिलाको स्वास्थ्यसंग खेल्ने विकारल समस्या तथा कारकतत्व रहेको बताए ।

यद्यपी, सरकारले यस विषयमा पैरवी ग¥यो भने यो पक्कैपनि प्रभावकारी हुने र यसमा परिवर्तन आउन सक्ने बुझाई छ । अनुरागले सुरक्षित गर्भपतन बारे महिलाको मञ्जुरीमा १२ हप्तासम्मको भ्रुणलाई गर्भपतन गराउन सक्ने, जवरजस्ती गर्भपतन गराउन नहुने, लिंग पहिचान गराउन नहुने खालका गर्भपतनबारे रहेको कानुनहरु तालिम मार्फत थाह पाएको बताए । जसलाई उनले आफ्नो युवा समुहमा छर्लंग पार्ने प्रयास गर्दै आएको । गर्भपतनबारे स्कुलिंग नपुगेका विद्यार्थीहरु तथा युवाहरुलाई प्रजनन् एसआरएचआर, सुरक्षित गर्भपतन बारे तालिमा हुँदा मज्जाले पढिदिनुस, बुझिदिनुस भन्दै अनुरागले युवाहरुलाई गर्भपतनको विषयमा संवेदनशिल हुन आग्रह गर्छन । ‘भोलीका ेदिनमा आफ्नै दिदी–बहिनी, छर–छिमेकका साथीहरु गर्भपतन गराउन चाहेका महिलाहरुलाई सुरक्षित गर्भपतनबारे थाहा भएन भने उहाँहरु असुरक्षित बाटोतिर जानुहुन्छ । तथ्यांक अनुसार ५८ प्रतिशतले गर्भपतन गराउने गरेको संख्या छ यसलाई न्युनिकरण गर्न युवाहरुले पैरवी गर्न शुरु ग¥यो भने यो संख्या घटाउन मद्यत पुग्ने भनि उनको कथन छ ।

२०७८ बैशाख १८, शनिबार १९:३९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!