नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्ला सदरमुकामस्थित कावासोती नगरपालिकाले कोरोना संक्रमित बिरामीलाई बोक्न तीन पांग्रे अटो प्रयोग गर्न थालेको छ ।

भारतमा कोभिड संक्रमण भयावह भएपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले अटोलाई नै एम्बुलेन्स बनाएका थिए ।

नवलपुरको कावासोती नगरपालिकाले पनि निःशुल्क रुपमा बिरामी बोक्न भन्दै अटो तैनाथ गरेको छ ।

नवलपुरकै देवचुली नगरपालिकामा वैशाख २० गते एम्बुलेन्स नपाउँदा टेक्टर विरामी बोकेको घटनाले सवत्र चासो बढिरहँदा देशका विभिन्न ठाउँका पालिकाहरुले जनप्रतिनिधि चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न थालेका छन् ।

कावासोती नगरपालिकाले यसअघि एउटा एम्बुलेन्स कोभिडका विरामीलाई बोक्न निःशुल्क रुपमा तैनाथ गरेको थियो । अहिले पुनः तीन वटा अटो तैनाथ गरिएको नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनीयाले बताए ।

कोभिड बिरामी बोक्नका लागि एउटा एम्बुलेन्स र नगर क्षेत्र भित्र रहेका मेडिकल हस्पिटलसम्म अन्य बिरामीलाई लैजान तीन ओटा अटो सवारी निःशुल्क सेवा दिइएको भन्दै उपमेयर मर्दनीयाले सामाजिक सञ्जाल फेसबुकबाट कावासोती नगरबासीलाई सेवा लिन अपिल गरेका छन् ।

२०७८ बैशाख २५, शनिबार १६:५४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!