काठमाडौं : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले सपथ गराएकी हुन् ।

विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले चार दलको समर्थन रहेको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराएका थिए । तर, राष्ट्रिय जनमोर्चाका सांसदद्वय कृष्ण थापा र खिमबिक्रम शाहीले आफूहरू नयाँ गठबन्धनमा नरहेको पत्र प्रदेश प्रमुखलाई पठाएपछि बहुमत पुग्न नसकेपछि पुनः नेकपा एमाले संसदीय दलका नेता समेत रहेका गुरुङले पुनः मुख्यमन्त्री पदमा बाजी मारेका हुन् ।

उनले आज शपथ लिएसँगै अब १ महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सपथ ग्रहण समारोहमा गुरुङले एक्लै सपथ लिएका हुन् । उनले आजका लागि केहि तयारी गर्न नभ्याएकोले भोली वा पर्सीसम्ममा मन्त्रीमण्डल बिस्तार गर्ने गरी सपथ लिएको बुझिएको छ ।

सपथ ग्रहण समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सृजना शर्मा, एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारी, उच्च अदालतका प्रमुख न्यायाधिश सपथ ग्रहण समारोहमा उपस्थित रहेका थिए ।

२०७८ बैशाख २९, बुधबार १९:१८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!