एजेन्सी : अभिनेता सलमान खान अभिनीत फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ इदको छेको पारेर बिहीवारबाट सिनेमा हलसँगै ओटीटी प्लेटफर्म जी फाइभमा रिलिज भएको छ । फिल्मले रिलिजको पहिलो दिन नै ४.२ मिलियन भ्यूजको इतिहास बनाएको छ । एकातिर सलमान यो उपलब्धिबाट हर्षित छन् भने अर्कोतिर फिल्म अनलाइनमा पाइरेसी भएपछि तनावमा पनि देखिएका छन् ।

फिल्म पाइरेसी भएपछि सलमानले ट्विटरमा लेखेका छन्, ‘हामीले तपाईंहरुलाई फिल्म ‘राधे’ पे भ्यूु २ सय ९९ रुपैयाँको एकदमै कम मुल्यमा देखाएका छौं । यसका बावजूद पनि फिल्म गैर कानुनी रुपमा पाइरेसी भएको छ । यो एक गम्भीर अपराध हो । साइबर सेल पाइरेटेड साइट्सविरुद्ध एक्सन लिँदैछ । कृपया पाइरेसीमा सामेल नहुनुहोस्, नभए साइबर सेलले कारवाही गर्नेछ ।’

कोरोनाका कारण भारतमा प्रायः सिनेमा हल बन्द छन् । जसका कारण घरेलु बजारमा फिल्मको व्यापार दयनीय छ । तर, यूएईका थिएटरमा फिल्म ५० प्रतिशत अकुपेन्सीका साथ प्रदर्शन भइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । प्रभु देवा निर्देशित फिल्ममा दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डा, ज्याकी श्राफको पनि अभिनय छ । फिल्मले निकै कमजोर रिभ्यू पाएको छ

२०७८ जेष्ठ ३, सोमबार २२:२९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!