काभ्रे : श्रीमतीलाई खाल्डो खनेर पुरेको अभियोगमा प्रहरीले श्रीमान र ससुरालाई नियन्त्रणमा लिएको छ । जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्वर ९ गोठपानी कालिमाटी घर भएकी २२ बर्षिया सुमिना गुरुङ्गको शव प्रहरीले गाडिएको स्थानबाट उत्खनन गरेको छ ।
प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाका अनुसार घटनामा संलग्न भएको अभियोगमा महिलाका ससुरा ६६ बर्षिय च्याङ्गवा भनिने चन्द्रबज्र लामा र श्रीमान २८ बर्षिय सोनाम लामालाई नियन्त्रणमा लिईएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि पठाई थप अनुसन्धान शुरु गरिएको डिएस्पी खतिवडाले जानकारी दिनुभयो ।

साविक गोठपानी गाविस वडा नम्वर १ हालको चौरीदेउराली गाउँपालिका वडा नम्वर ९ स्थित गोठपानी कालिमाटी भन्ने स्थानमा तनहुँ जिल्ला साविक बन्दीपुर गाविस वडा नम्वर ६ घर भई हाल बन्दीपुर नगरपालिका वडा नम्वर ४ लोही माईतीघर भएकी २२ बर्षिया सुमिना गुरुङ्ग लामाको सोनाम लामासँग केहि वर्ष अघि मात्रै प्रेम विवाह भएको थियो ।

अन्र्तजातिय विवाह, पारिवारिक बेमेलका कारण श्रीमान श्रीमती बीच केहि समय देखि झै झगडा हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राजधानीमा निषेधाज्ञा भएको र परिवार पनि गाउँमै रहेकाले उनिहरु गाउँमै थिए । सुमिना २०७८ जेठ १ गते दिउसै देखि गाउँबाट हराएकाले स्थानीयहरुको समेत सहयोगमा खोजतलास शुरु गरिएको थियो ।

माईतीमा पनि सुमिनाका बाबु विष्णुबहादुर गुरुङ्ग र आमा जुनु गुरुङ्गलाई छोरी हराएको बारेमा जानकारी गराईएको थियो । साँझ सुमिना गुरुङ्ग सलको पासो लगाएर झुण्डिएको अवस्थामा श्रीमान सोनाम लामाले देखे । उनले घर परिवारलाई भने । तत्कालै पासो काटियो । झुण्डिएर मरेकी श्रीमतीका बारेमा प्रहरी र आफन्तलाई खवर नगरी पारिवारीक सल्लाहमा घर भन्दा तल आफ्नै मकै बारीमा खाल्डो खनी गाडिदिए ।

उनले श्रीमती हराईरहेको र नभेटिएकाले खोजिदिन स्थानीय र आफन्तलाई अनुरोध गर्दै आएका थिए ।प्रहरीले प्राप्त गरेको विशेष सूचनाका आधारमा सोनाम लामालाई प्रहरीले नियन्त्रणमा लिई जेठ ५ गते घटनास्थलमा पु-याई श्रीमती गाडिएको स्थान देखाए पछि प्रहरीले सुमिना गुरुङ्गको शव उत्खनन गरेको थियो ।

शव उत्खनन गरेसँगै प्रहरीले सुमिनाका श्रीमान सोनाम र उनका ससुरा चन्द्रबज्र लामालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ । श्रीमान सोनामले श्रीमती झुण्डिएको देखे लगत्तै बचाउन सकिन्छ कि भन्ने आशमा पासो काटेको तर उनि मरिसकेकाले अरुले थाहा पाउँछन भन्ने डरले बाबुको सल्लाहमा बारीमा खनेर गाडिदिएको बयान दिएका छन् । प्रहरीले आवश्यक अनुसन्धान गरी दोषिलाई कारवाहीका लागि अदालत बुझाईने प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिनु भयो ।

निषेधाज्ञा शुरु भए लगत्तै जिल्लामा महिला तथा बालबालिकाहरु प्रति हिंसाका घटना भएका छन् । धुलिखेल ९ मा १४ वर्षकी बालिकालाई जर्बजस्ति करणीको प्रयास गरिएको भन्दै उजुरी परेको छ भने पनौती ५ सुब्बागाउँकी १५ बर्षकी बालिकालाई जंगलमा पु¥याई जर्बजस्ति करणीको प्रयास गरेको अभियोगमा उजुरी दर्ता भएको छ । दुबै घटनामा संलग्न अभियुक्तहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताउनु भयो । file photo

२०७८ जेष्ठ ६, बिहीबार १२:३६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!