मोरङ : औषधि कालोबजारी गरेको आरोपमा प्रहरीले मोरङबाट एक जना फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका ७ स्थायी घर भएका २२ वर्षीय रविन्द्र महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार पक्राउ परेका महतो मोरङको विराटनगर महानगरपालिका ३ मा पश्चिमवासी फार्मेसी सञ्चालन गर्दै आएका थिए ।

उनले सिरहाका बरियारपट्टी गाउँपालिका ३ बस्ने ४५ वर्षीय राम नारायण मुखियालाई बैशाख २५ र ३० गते औषधि बिक्री गर्दा २ वटा खाता बनाई एउटा वास्तविक मूल्य लेख्ने र अर्कोमा बढी मूल्य लेखी औषधि बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका महतोले ग्राहकलाई बढी मूल्य लेखेको खाता देखाई औषधि बेचेका थिए । उनीमाथि कालोबजारी तथा अन्य सामाजिक अपराध, सजाय ऐन अनुसार कारबाही बढाउने प्रहरीले जनाएको छ ।

२०७८ जेष्ठ ७, शुक्रबार २१:५६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!