आयुब हुसेन 

जनकपुरधाम : निर्माण सम्पन्न भएको तीन दिन पनि नपुग्दै धनुषाको सबैला नगरपालिका–४ बल्टियामा पिसिसी ढलान चर्केको छ ।

स्थानीय तहको योजनाले रु २६ लाख बराबरको लागतमा समृधी निर्माण सेवामार्फत जेठ १८ गते पिसिसी ढलान निर्माण गरेको थियो ।

तिन सय ९० मिटर लम्बाइको सो सडकको बीच भागमा ३/४वटा भ्वाङ ( चर्केको )परेको एक स्थानीयवासीले जानकारी दिए ।

सडकलो दायाँबायाँ भागको जमीन भासिएको कारणले भ्वाङसमेत भत्किन थालेकाले कुनै पनि बेला दुर्घटना हुनसक्ने स्थानीयवासीको भनाइ छ । सडकको अवस्था र त्यसबाट उत्पन्न सम्भावित जोखिमका बारेमा स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गराइएको छ ।

ठेकेदार सचिन यादवले सडक निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरेको जनप्रतिनिधिलाई थाहा हुँदाहुँदै पनि चासो नराखेकाले यस्तो अवस्था आएको स्थानीयवासीले बताए ।

ठेकेदारले एकसरो ढलान गरेको र स्थानीय जनप्रतिनिधिले पनि चासो नराखेको हुँदा तीन दिन पनि नबित्दै सडक भत्किने अवस्थामा पुगेको स्थानीयवासीले बताए ।

यता ठेकेदार यादवको अनुसार मेरो काममा कुनै कमि कमजोरी छैन, एक दम राम्रो काम भएको छ।

२०७८ जेष्ठ २४, सोमबार २०:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय