जापान : जापानको गुन्मा केनमा हृदयघातका कारण मृत्यू भएका लमजुङ घर भई पोखरा –१३ बाझापाटन बस्ने झलक गुरुङको परिवारलाई गुरुङहरुको साझा संस्था तमु धीं जापानको सक्रियतामा संकलन गरिएको नेपाली ९ लाख रुपैया गुरुङको परिवारलाई सिटी रेमिटेन्स मार्फत पठाईएको छ ।

बिगत ४ बर्ष देखि जापानमा रहेका गुरुङको राति सुतेकै अवस्थामा शव कोठामा नै फेला परेको थियो । गुरुङको शवलाई नेपाली साझा समाज, गुन्मा सहित बिभिन्न संघ सस्था एवं सहयोगीहरुको सहयोगमा जापानमा नै अन्तिम संस्कार गरिएको तमु धीं जापानका अध्यक्ष सौगत गुरुङले जानकारी दिनुभयो ।

तमु धीं जापानले गुरुङ अन्तिम संस्कार सहित परिवारलाई आर्थिक सहयोग गर्ने सबै संघ संस्था एवं महानुभावहरुलाई आभार सहित धन्यबाद ज्ञापन गरेको उपध्यक्ष रमेश कुमार गुरुङले जानकारी दिनुभएको छ । मृतक गुरुङको नेपालमा आमा,श्रीमती सहित एक छोरी रहेका छन् ।

२०७८ जेष्ठ २६, बुधबार ०८:३३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!