बर्दिबास : वौद्धिक अपाङ्गता भएकाहरुले महोत्तरीको बर्दिबासमा पढ्न पाउने भएका छन् ।

वौद्धिक अपाङ्गता भएका हरुका लागि आज सोमबार बर्दिबास-२ मा पठनपाठनका लागि ‘आशा विशेष पाठशाला तथा पुनःस्थापना केन्द्र’ को भवन निर्माण कार्यको शिलान्यास भएको छ । रु चार करोड लागतमा बन्ने आठ कोठे आवासीय भवन र पर्खाल निर्माण कार्यको बर्दिबास नगरप्रमुख बिदुरकुमार कार्कीले शुभारम्भ गर्नुभयो ।

वौद्धिक अपाङ्गता भएका हरुको शैक्षिक विकासका लागि काम गर्दै आएको सी आशा फाउण्डेशनले प्रदेश-२ सरकार र स्थानीयतहको सहयोगमा निर्माण कार्य थालेको हो । पाठशाला निर्माणका लागि बर्दिबास नगरपालिकाले एक बिघा ऐलानी पर्ति जग्गा उपलव्ध गराएको छ । पहिलो चरणमा चारैतिर पर्खाल ठड्याएर दोश्रो चरणमा भवन निर्माणको काम थालिने फाउण्डेशनका अध्यक्ष कैलाश न्यौपानेले शिलान्यास समारोहमा जानकारी दिनुभयो ।

आउने अर्को वर्षको शैक्षिक सत्र (२०७९) देखि वौद्धिक अपाङ्गता भएका हरुको पठनपाठन शुरु गरिने तालिका छ । जम्मा १०० वौद्धिक अपाङ्गता भएका हरुका लागि आवास, भोजन, स्वास्थोपचार र अन्य पठनपाठनसँग सम्वन्धित सुविधासहित पाठशाला सञ्चालन गर्न लागिएको फाउण्डेशनले जनाएको छ ।

आपूmहरुको उद्देश्य वौद्धिक अपाङ्गता भएका हरुलाई शिक्षा, सीप र आत्मविश्वास बढाएर नयाँ आशा जगाउनु रहेको फाउण्डेशनका संस्थापक आयना न्यौपानेले बताउनुभयो । वौद्धिक अपाङ्गता भएका हरुका लागि निर्माण शुरु गरिएको ‘आशा विशेष पाठशाला तथा पुनःस्थापना केन्द्र’ प्रदेश-२ कै लागि विशेष उपलव्धी भएको नगरप्रमुख कार्कीको भनाइ छ ।

पाठशालामा आधारभूत तहको शिक्षा र थप सीपमूलक तालिम दिइने फाउण्डेशनले जनाएको छ । पाठशाला सञ्चालनमा आएसँगै प्रदेश-२ का आठवटै जिल्लाका वौद्धिक अपाङ्गता भएका हरुले नयाँ जीवनको रुपरेखा तयार गर्ने अवसर पाउने अध्यक्ष न्यौपानेले स्पष्ट पार्नुभयो ।

पाठशाला निर्माण थालिएको जग्गा बर्दिबास-२ का धनमायाँ दर्लामी, नविन्द्रमायाँ दर्लामी र जितबहादुर थापाले खनीखोस्री आवाद गर्दै आएका भएपनि राजीखुशीले विद्यालय बनाउन नगरपालिकालाई स्वामित्वसहितको सम्मति दिएको तीनै जनाले बताउनुभयो । समारोहमा बर्दिबास-२ का वडाअध्यक्ष अभिराम प्याकुरेलले तीनै जना जग्गा आवाद गरेका हरुलाई पूण्य कामका लागि सहज हस्तान्तरण गर्नु भएको भन्दै खादा ओढाएर सम्मान गर्नुभयो ।

२०७८ असार ७, सोमबार १७:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय