काठमाडौँ : मोटरसाइकलका पाटपूर्जा बिक्री गर्ने ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरेर आफ्नै ग्यारेजबाट पाटपूर्जा खोलेर बिक्री गर्ने तीन जनालाई वीरगञ्जबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१८ का २१ वर्षीय साहेव साह, २६ वर्षीय अवधेशप्रसाद पटेल र १५ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ । नाबालिग रहेकोले ती किशोरको नाम सार्वजनिक गरिएको छैन।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार सोमबार प्रहरी टोलीले वडा नम्बर २२ को जगरनाथपुरस्थित ग्यारेजबाट १२ वटा मोटरसाइकल बरामद गरेको थियो। त्यो अवधेशप्रसाद पटेलले सञ्चालन गर्ने ग्यारेज हो।

डीएसपी खनालका अनुसार पटेलले मोटरसाइकल चोरी गरी आफ्नो ग्यारेजमा लगेर पार्टपूर्जा खोलेर बेच्ने गर्थे।

पछिल्लो समय असार ४ गते एउटा बिहेको पार्किङस्थलबाट ना६२प ९७१७ नम्बरको मोटरसाइकल हराएको थियो। त्यो मोटरसाइकल हराएपछि प्रहरीले अनुसन्धान थालेको थियो। उनको ग्यारेजबाट प्रहरीले पार्टपूर्जा खोलेर राखेका अन्य ११ वटा चोरीका मोटरसाइकल बरामद गरेको छ ।

अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७८ असार ९, बुधबार १०:२०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!