जापान प्रतिनिधि : जापानमा जुन २३ तारिख बिहान यस मौसमको पाचौं ताईफु मारिआना द्धिप नजिक उत्पन्न भएको छ । जापानको दक्षिणी भागमा बुधवार बिहान ९ बजे देखा परेको ताईफु राजधानी टोकियो नजिक हुँदै अघि बढ्ने देखिएको छ ।

यसले पार्ने असरको अनुमान र बाटोको जानकारीको बारेमा सतर्क रहन अनुरोध गर्दै जापान मौसम विज्ञान एजेन्सिले विस्तृत जानकारी समेट्ने काम भइरहेको जनाएको छ ।

एजेन्सीको प्रारम्भिक अवलोकन अनुसार उष्णकटिबन्धिय चक्रवात ताईफु ५ को रुपमा विकसित भएको जनाएको छ । हाल उक्त ताईफुको केन्द्र भागमा हावाको चाप १००२ हेक्टोपास्कल रहेको छ ।

केन्द्रको नजिकको अधिकतम हावाको वेग १८ मिटर , १५ मिटरको शक्तिशाली हावाको वेग देखा परेको छ । टाइफु सुस्त गतिमा उत्तरपश्चिमीतिर गइरहेको र अर्को सातामा ओगासावारा टापु , इजुटापु र होन्शु नजिकै पुग्ने सम्भावना रहेको छ ।

यो क्रमश उत्तर तर्फ अघि बढ्ने क्रममा रहेको एजेन्सीले पूर्वानुमान गरेको छ, हालसम्म प्राप्त विवरण र अनुमान अनुसार ताईफुले शक्तिशाली आकार लिंदै गइरहेको छ । प्रारम्भिक विवरणहरु अनुसार ताईफु आईची , शिजुओखा , यामानासी , चिबा , साईतामा , ईबाराकी सहित खानागावा र टोकियोमा समेत असर पार्नेछ ।

हाल ताईफुले तय गर्ने बाटोको अनुमान अनुसार ताईफु अघि बढेमा तोचिगी , फुकुशिमा देखी मियागी , ईवाते प्रान्तमा समेत आईफुले असर पार्नेछ । हाल सामुन्द्रिक भागमा रहेको ताईफु पूर्वानुमान अनुसार अघि बढेमा जापानको मुल भूमि क्षेत्रमा जुन २६ तारिख देखी २८ सम्म असर पार्ने अनुमान गरिएको छ ।

२०७८ असार ९, बुधबार १५:३२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!