काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ३५१ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नौ हजार ५८६ जनाको पिसिआर परीक्षण गर्दा एक हजार ७२१ र चार हजार ७६५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २७ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म आठ हजार ९४५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ४५५ जना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना सङ्क्रमित निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ । नेपालमा हालसम्म पाँच लाख ७६ हजार ४१३ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०७८ असार ११, शुक्रबार १९:०३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!