जनकपुरधाम : शहिदनगर नगरपालिकाको नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि झण्डै ५४ करोड बजेट पारित गरेको छ । नगरसभाबाट पारित नीति तथा कार्यक्रम अनुसार कूल अनुमानित बजेट ५३ करोड ७५ लाख ४३ हजार ८ सय ११ रुपैयाँ ल्याएको हो ।

आर्थिक वर्ष ०७८/०८९ मा मुख्यतः आर्थिक वर्षमा अधुरो एवम् गौरवका योजनाहरुलाई लक्षित गरी नीति तथा कार्यक्रमका साथ बजेट ल्याईएको हो । बजेटमा राजश्व बाँडफाँडबाट ९ करोड ४१ लाख ९२ हजार ८ सय एघार, बित्तिय समानीकरणबाट १४ करोड ९९ लाख ५१ हजार, प्रदेश सरकारको विशेष अनुदानमा ३० लाख रहेको छ ।

यसैगरी समपुरक अनुदानबाट रु २० लाख तथा आन्तरिक श्रोतबाट ७ करोड पचास लाख मध्ये चालु आव ०७७/०७८ बाट बाँकी रहने बैंक मौज्दात समेत संलग्न गरिएको छ । उक्त बनियिोजित बजेटबाट प्रत्येक वडालाई १ करोडको दरले ९ वडामा ९ करोड पठाईएको छ ।

नगरका नागरिकलाई प्रत्यक्ष लाभ हुने ठोस योजनाहरुलाई प्राथमिकतामा राखिएको नगर प्रमुख उदय बरबरिया यादवले जानकारी दिए । शिक्षा, स्वास्थ्यमा बजेट केन्द्रित गर्दै महत्वाकांक्षी योजना अघि सारिएको उनको भनाई थियो ।

सभा सदस्यहरु मध्ये सबैभन्दा जेष्ठ सदस्य बिसुनदेब यादबको प्रमुख आतिथ्य र प्रमूख प्रतिपक्षी दलका मेयरको प्रत्यासी देवेन्द्र कुमार भरखेरको विशिष्ट अतिथि, उपमेयर शिला देवी कापर अतिथि, प्रमूख प्रशासकीय अधिकृत शत्रुधन यादवको सहितको उपस्थितिमा ऐतिहासिक शहर, समृद्ध शहिद नगरको छैठो नगरसभा सम्पन्न भएको छ ।

sahid_nagar_palika_dhanusha (2)

२०७८ असार १७, बिहीबार ०८:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय