काठमाडौं : डा. सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन महिला जनमत संघ काठमाडौंद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार महिला जनमत संघ काठमाडौंकी संयोजक रेखा रौनियारको अध्यक्षतामा रक्तदान कार्याक्रमको आयोजना गरिएको थियो । सो रक्तदान कार्यक्रममा ३० जना भन्दा बढी जनाले अरुको ज्यान बचाउनको लागि आफ्नो रक्तदान गरेको एक जना रक्तदाताले बताए ।

उनी अहिलेको अवस्थामा रक्त संचार केन्द्रमा रगतको अभाव हुनु दुखद हो ।रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको महिला जनमत संघ काठमाडौंकी संयोजक रेखा रौनियारले बताईन ।

उक्त कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई दिपक कुमार साह ,ई नरेन्द्र चौधरी , बबिता इसर ,केन्द्रीय सचिव हेमलाता रजक ,जनमत पार्टी काठमाडौं उपत्यकाका अध्यक्ष सुमन मण्डल ,उपाध्यक्ष रोजी रानी देव , सुबोध कुमार मण्डलसहितका नेता कार्यकर्ताहरुको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

२०७८ असार २६, शनिबार १४:३०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!