जनकपुरधाम : प्रदेश २ सरकारमा दुई नया मन्त्रीको इन्ट्री हुने भएको छ ।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन समाजवादी पार्टीका दुई मन्त्रीलाई राजिनामा दिलाएर माओवादी केन्द्रबाट एक मन्त्री र एक राज्यमन्त्री सहित आन्तरिक मामिला तथा संचार मन्त्रालयको जिम्मेवारि दिन लागिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

माओवादी केन्द्रबाट सन्सदिय दलका नेता भरत प्रसाद साह र प्रमुख सचेतक रुबि कर्णलाई सारकारमा सहभागी गराउन लागिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले पछिल्लो पटक आम संचार प्राधिकरण, चलचित्र बिकास बोर्ड र मिडिया काउन्सिलमा जुनियर नियुक्त गरेको भन्दै व्यापक आलोचना भएको थियो ।

नियुक्ति प्रकरणमा अध्यक्ष उपेन्द्र यादव समेत नियुक्तिको बिषयमा मन्त्री यादवसङ चिढिएको थियो । पछिल्लो पटक माओवादीले दुई मन्त्रालय माग गरेपनि अन्तिम समयमा एक शक्तिशाली मन्त्रालय लिएर सरकारमा सहभागी भएको हो ।

सरकारको तर्फबाट वार्ता टोलिका सद्स्य तथा माओवाद केन्द्रका उपनेता जगत यादवले केन्द्र्बाट अध्यक्ष प्रचण्ड र उपेन्द्र यादब बिच मन्त्रालय बाडभाडमा सहम्ती भएरै आएको जानकारि दिए । मन्त्री हुन लागेका साह महोत्तरी क्षेत्र न १ (ख) बाट निर्वाचित सान्सद हुन भने कर्ण सप्तरी निवासी समानुपातिक सान्सद हुन ।

२०७८ श्रावण २, शनिबार १०:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!