धनी राम काेरी
कपिलवस्तु : जिल्ला काे महाराजगन्ज नगरपालिका काे महाराजगन्ज मा जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई काे हिन्दु युवा शक्तिले पुत्ला जलाएको छ ।

हिन्दु युवा शक्ति कपिलवस्तुले जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गरेको छ । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै हिन्दु युवा शक्तिले कपिलवस्तु ले महाराजगन्ज मा नारावाजी गर्दै प्रदर्शन र पुत्ला समेत जलाएकाे  छ ।

८४ प्रतिशत  सनातन धर्मावलम्बिहरुले आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको उनीहरुको आरोप छ । हिन्दू विरुद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशीघ्र कानुनी कारबाही गर्न सम्बन्धित निकाय समक्ष हिन्दु  युवा शक्ति ले माग  गरेको छ ।

२०७८ श्रावण ८, शुक्रबार ०६:१८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!