जनकपुरधाम : जनकपुर लगायत देशभरीका विभिन्न शिवालयमा आज साउनको दोश्रो सोमबार हजारौँ हिन्दू भक्तजनको भीड लागेको छ। बेलपत्र, धतुरोका दाना, मह, घिउ, दही आदिसमेत शिवालयमा चढाई भगवान् शिवबाट आशीर्वाद प्राप्त गर्न भक्तजनको शिवालयमा भीड लागेको हो।

Kapileshwar Mahadev_Janakpur_Sombari_कपिलेश्वर_महादेव_जनकपुर_सोमबारी_पहिलो सोमबारी (21)

साउन महिनाको सोमबार व्रत बसी महादेवको पूजा उपासना गर्नाले मनोकांक्षा पूरा हुने शास्त्रमा उल्लेख छ। महिलाहरु मात्रै होइन महादेवलाई प्रिय गेरुवा रंगको वस्त्र लगाएर बोल वम भन्दै पुरुषहरु पनि साउनभरि नै विभिन्न शिवमन्दिरहरुमा पुग्ने गर्छन्। साउन महिनामा हरियाली छाउने र फल पहेंलो भएर पाक्ने हुनाले पनि यस महिनामा पहेंलो र हरियो रंगको महत्व बढेको हो।

Kapileshwar Mahadev_Janakpur_Sombari_कपिलेश्वर_महादेव_जनकपुर_सोमबारी_पहिलो सोमबारी (21)

हिन्दू धर्म आफै पनि प्रकृतिप्रेमी धर्म र महादेव पनि प्रकृतिमै (कैलाश पर्वत) बस्ने भएकाले पनि साउने सोमबारमा हरिया–राता सौभाग्यका प्रसाधन लगाइन्छ। केही समययता साउनभरि हरियो, पहेंलो, रातो रंगका पहिरन, चुरा, पोते, नेलपोलिस, मेहन्दी आदि लगाई सोर्‍ह शृंगारमा सजिएर उपासना गर्ने चलन बढेको छ।

Kapileshwar Mahadev_Janakpur_Sombari_कपिलेश्वर_महादेव_जनकपुर_सोमबारी_पहिलो सोमबारी (21)

यतिबेला महिलाहरू मठ–मन्दिर, बाटो, अफिस, घर सबैतिर हरियो रंगमा सजिएका देख्न सकिन्छ। साउनका लागि भनेर पहिरन किन्ने वा बनाउने तथा आफन्त एवं साथीभाइबीच सौभाग्यका सामग्रीहरू आदान–प्रदान गर्ने चलन पनि बढ्दै गएको छ।

महिला साउनका सोमबारभरि व्रत बस्छन्। साउने सोमबार विद्याका लागि पनि राम्रो मानिन्छ। साउनमा शिव उपासना गर्दै बिवाहित महिलाहरुले पतिको दीर्घायू तथा अविवाहितहरुले योग्य पति पाउन पनि व्रत बस्ने गर्छन्। साउन महिनामा बढी वषर्षाका कारण किटाणुको संक्रमण हुने हुँदा लुतो फाल्ने चलन पनि छ। यो समयमा रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजक परिकार खानुहुँदैन भनिन्छ।

Kapileshwar Mahadev_Janakpur_Sombari_कपिलेश्वर_महादेव_जनकपुर_सोमबारी_पहिलो सोमबारी (21)

साउनको धार्मिक महत्त्व

साउन शिवजीसँग जोडिएको महिना हो। साउन महिनामा पूजा गरे सवै देवताको पुजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ। हिन्दु धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ। यो महिनामा व्रत, दान, पूजापाठ, आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। पुराणहरुमा मुख्य तीनथरी व्रतको चर्चा पाइन्छ।

Kapileshwar Mahadev_Janakpur_Sombari_कपिलेश्वर_महादेव_जनकपुर_सोमबारी_पहिलो सोमबारी (21)

ती हुन्– साउने सोमबार, सोह्र सोमबार एवं सोह्र पद्रोस। सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ। यो व्रत विधि सूर्योदय देखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ। दिनको तेस्रो प्रहर अर्थात करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ। व्रर्त गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ। यसरी व्रत बस्दा सारा समस्या समाधान हुने विश्वास छ।

Kapileshwar Mahadev_Janakpur_Sombari_कपिलेश्वर_महादेव_जनकपुर_सोमबारी_पहिलो सोमबारी (21)

साउन महिना नै शिवलाई बढी प्रिय लाग्नुको कारण के हो भने यो महिनामा अधिक वर्षा हुन्छ, जसले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्दछ। शिव पुराण अनुसार शिव स्वंय जल हुन।

भगवान शिवले सनतकुमाहरुलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन – मेरा तीन आँखामध्ये दाहिने आँखा सुर्य, बायाँ आँखामा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन। हाम्रा महिनाहरुको नाम नक्षत्रका आधारमा राखिएको छ। श्रवण नक्षत्रको स्वामी चन्द्रमा हुन। चन्द्रमा भगवान शिवको मस्तकमा शोभयमान छन्। जब सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरे पछी साउन महिना सुरु हुन्छ।

Kapileshwar Mahadev_Janakpur_Sombari_कपिलेश्वर_महादेव_जनकपुर_सोमबारी_पहिलो सोमबारी (21)

सुर्यले ताप तथा चन्द्रमा ले शीतलता प्रदान गर्छन, यसकारण सुर्य कर्कट राशिमा आएपछि वर्षा हुन्छ र यसले शिवलाई पसन्न तुल्याउँछ। त्यसैले यो महिना व्रत वसी शिवजीको व्रत एंव पूजा गरे आफू, श्रीमान, सन्तान, एवं परिवार सवैको कल्याण हुने धार्मिक विश्वास छ। महिनाको अरु दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्तयि मान्यता छ।

Kapileshwar Mahadev_Janakpur_Sombari_कपिलेश्वर_महादेव_जनकपुर_सोमबारी_पहिलो सोमबारी (21)

Kapileshwar Mahadev_Janakpur_Sombari_कपिलेश्वर_महादेव_जनकपुर_सोमबारी_पहिलो सोमबारी (21)

संचारकर्मी सुरेन्द्र सिंहले जनकपुरधाम स्थित कपिलेश्वर महादेवमा तानिएको केहि दृश्य

२०७८ श्रावण ११, सोमबार ०९:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय