काठमाडौं : बलिउड अभिनेत्री कंगना रनौतको तस्वीरको चर्को आलोचना भएको छ । फिल्म धाकडको सुटिङ पूरा भएपछि भएको पार्टीमा कंगनाले लगाएको पहिरनका कारण उनको आलोचना भएको हो ।

उनले तस्वीरमा निकै पारदर्शी कपडा लगाएकी छिन् जसका कारण उनले ट्रोलका सामना गर्नुपरेको छ ।

कंगनाले प्रायः अरुलाई पहिरनका बारेमा सुझाव सल्लाह दिइरहने गरेकोमा उनी आफैंले यस्तो पहिरन लगाएको भन्दै आलोचना भएको हो । सामाजिक संजालमा आलोचकहरुले विदेश जानासाथ कंगनाले संस्कृति बिर्सिएको आरोप लगाएका छन् ।

आलोचकहरुले कंगनाबाट आफूहरुले यस्तो अपेक्षा नगरेको बताएका छन् । कंगनाको आगामी फिल्म धाकडमा उनी एजेन्ट अग्नीको भूमिकामा देखिनेछिन् ।

२०७८ भाद्र ३, बिहीबार ०१:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय