काठमाडौं : बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई १९ जुलाइमा पोर्नोग्राफी केसमा गिरफ्तार गरिएको थियो । उनीमाथि अश्लील फिल्म बनाएर एपमा अपलोड गरेको आरोप लागेको थियो । यो केसका कारण शिल्पा पनि कानुनी झमेलामा फकिसन् र उनको परिवारको निकै आलोचना भयो । अब शिल्पाले राज कुन्द्रासँग डिभोर्स गर्न लागेको खबर बाहिरिएको छ ।

बलिउड हंगामाको एक रिपोर्टअनुसार राज कुन्द्राका कानुनी लफडाले शिल्पाको लागि समस्या मात्रै थपेको छ । शिल्पाकी एक मित्रले शिल्पाको घरमा चलिरहेका निजी निर्णयहरुबारे कैयौं खुलासा गरेकी छिन् । शिल्पकी साथीले भनिन् ‘उनलाई अनुमान समेत थिएन कि यी हिरा डुप्लेक्स बेइमानीको पैसाबाट आइरहेका छन् ।’ उनकी साथीका अनुसार अब शिल्पा राजले दिएका सामानहरु छुन पनि चाहन्नन् ।

ती साथीका अनुसार शिल्पा आत्मनिर्भर छिन् र आफू र छोराछोरीको ख्याल राख्न सक्छिन् । शिल्पाले फिल्म उद्योगमा पनि आफ्ना नजिकका सहकर्मीहरुलाई आफू हंगामा २ र निकम्मा पनि अरु पनि फिल्ममा काम गर्न इच्छुक भएको बताएकी छिन् । रिपोर्टका अनुसार शिल्पालाई निर्देशकहरु अनुराग बसु र प्रियदर्शनले आफ्नो फिल्ममा अफर पनि गरेका छन् । यस विषयमा शिल्पाले भने आधिकारिक रुपमा केही भनेकी छैनन् ।

२०७८ भाद्र १५, मंगलवार १३:५१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!