जनकपुरधाम : प्रदेशभरीका जनस्वास्थ्यकर्मीहरु बीच समन्वयन, एकता र सद्भाव हुनुपर्नेमा जोड दिईएको छ । प्रदेश न. २ को ८ जिल्लाको जनकपुरधाम भेलाले जनस्वास्थ्यकर्मीहरुको हकअधिकारको सुनिश्चितता, सृजनात्मक कार्य र समवयन सदभावका लागि एक हुनुपर्नेमा जोड दिईएको छ ।

जनकपुरधाम स्थित देवपुरा रुपैठाको नोचा पोखरीमा जनस्वास्थ्यकर्मीहरुको बृहत भेलामा समसामयिक विषयका साथै जनस्वाथ्यकर्मीको अधिकार र कर्तव्यको सुनिश्चिताको बारे बृहत छलफल भएको आयोजक समितिका जनस्वाथ्यकर्मी प्रमित कुमार साहले जानकारी दिए । जनस्वास्थ्यकर्मी रमेश कुमार यादवको सहजीकरणमा सञ्चालित भेलामा खुशबु झाले आगामी कार्ययोजना तथा कार्यदिशको बारे चर्चा गरेका थिईन् । उनले स्वास्थ्य क्षेत्रमा एकता, समन्वयन र दिर्घकालिन लक्ष्यका साथ अघि बढ्नुपर्ने बताए ।

५० भन्दा बढी जनस्वास्थ्यकर्मी सहभागि कार्यक्रममा कार्यक्रम रमेश कुमार यादवले राष्ट्र र समाजलाई आवश्यक परेको बेला तथा महामारीको अवस्थामा समन्वय गरी स्वयंसेवकको रुपमा पनि कार्य गर्न तयार रहनुपर्ने धारण राखे । भेलामा उत्साहित जनस्वास्थ्यकर्मीहरुले आगामी दिनमा विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रम गरी पहिचानको सुनिश्चित गर्न आवश्यक रहेको रवीन्द्र कुमार यादव बताए ।

आलोकनाथ झाको उदघोषणमा भएको कार्यक्रममा जनस्वाथ्यकर्मी मो. मकाबुल राईनले जनस्वाथ्य पेसा छनौट गरी पेसामा आबद्ध भएकाहरुले क्षमता अभिवृद्धिको लागि पहल गरिनुपर्ने आवश्यकतामा जोड दिए । जनस्वाथ्यकर्मी रोशन कुमार यादवले अन्य प्रदेश जस्तै प्रदेश २ मा पनि पनि स्वास्थ्य मन्त्रालयको छुट्टै गठन गर्नुपर्ने माग अघि सारे । जनस्वास्थ्यकर्मी दुर्गेश कुमार यादवले प्रत्येक स्थानीय तहमा कम्तीमा एक जना जनस्वाथ्यकर्मी को दरबन्दी कायम गरिनु पर्ने बताउँदै यसको लागि सम्पूणर् जनस्वाथ्यकर्मीहरुको आ-आफनो स्थानबाट पहल नितान्त आवश्यक रहेको बताए ।

२०७८ भाद्र २६, शनिबार २२:११

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!