जनकपुरधाम : प्रदेश २ सरकारले खरिद गरेको पाँचवटा बस भाडामा लगाउने तयारी गरेको छ ।

गत कात्तिकमा खरिद गरिएको बस प्रदेश सरकारले चलाउन नसक्ने भएपछि त्यसलाई भाडामा लगाउने तयारी गरेको हो ।

सरकारले बस सञ्चालन गर्ने योजनाको व्यवसायीहरुले विरोध गरेकाले बस भाडामा दिन लागेको प्रदेश २ भौतिकपूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २ को अस्थाई राजधानी जनकपुरदेखि प्रदेशका आठ वटै जिल्लामा सञ्चालन गर्ने गरी बस खरिद गरिएको थियो ।

खुला आकाश मुनि राखिएको बसको रंङ खुईलिंदै गएको छ भने ब्याट्री, ईन्जिन, टायर लगायतका सामाग्रीहरु खराव हँुदै गएका छन् । यी बसको मर्मत गरी भाडामा दिन लागिएको हो ।


२०७८ भाद्र २८, सोमबार १२:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय