सिन्धुपाल्चोक : खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा सिन्धुपाल्चोकमा तीन बालबालिकाको मृत्यु भएको छ।
बाह्रबिसे नगरपालिका-८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आइतबार साँझ ७ बजे ग्यास विस्फोट भएको हो।
घरमा आगलागी हुँदा उनका छोरा १० वर्षीय इशाक, कुमार तामाङका छोरा ६ वर्षीय सरगम र छिमेकी पदम तामाङकी छोरी साढे दुई वर्षीया दिव्याको ज्यान गएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ। मीनबहादुर पनि घाइते भएका छन्। उनको उपचार भइरहेको छ। File Photo


