काठमाडौं : भारतमा पेट्रोल तथा डिजेलको मूल्य सोमबार पुनः ४० पैसा प्रतिलिटरले बढेको छ । गत दुई सातामा पेट्रोल–डिजेलको मूल्यमा ८ दशमलव ४० भारु प्रतिलिटर वृद्धि भएको छ ।

सरकारी तेल कम्पनीको तर्फबाट जारी गरिएको सूचनाअनुसार दिल्लीमा पेट्रोलको मूल्य १०३ दशमलव ८१ भारु प्रतिलिटर भएको छ । डिजेलको मूल्य ९४ दशमलव ६७ भारुबाट बढेर ९५ दशमलव ०७ पुगेको छ ।

पेट्रोल र डिजेको मूल्य केन्द्र सरकार र राज्य सरकारको तर्फबाट लगाइएको करमा आधारित हुनाले भारतमा राज्यअनुसार पेट्रोलियम पदार्थको मूल्य फरक फरक छ ।

मार्च २२ देखि यता भारतमा अहिलेसम्म १२ पटक पेट्रोल–डिजेलको मूल्य वृद्धि भएको छ ।


२०७८ चैत्र २१, सोमबार ०७:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय