नेपालवाणी / जनकपुरधाम ।

लामो रस्साकस्सीका बीच धनुषाको धनुषाधाम नगरपालिकामा मेयर पदका लागि अमृत महतोको उम्मेदवारी सर्वसम्मत चयन गरिएको छ । चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले धनुषाधाम नगरपालिकामा अमृत महतोलाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाएको हो ।

समग्र मधेश प्रदेशको विकास र विशेषतः जनकपुरधाम–धनुषाधाम क्षेत्रको विकास र पर्यटन हबको लागि उम्मेदवारी दिन लागेको महतोले बताए । उनले भने, ‘युवाको उपस्थितिले राजनीतिमा पुरातनवादी मनोवृत्ति परिवर्तन गर्न सक्छ । युवालाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नयाँ आयाम दिन सक्छ । त्यसैले जनमत पार्टीबाट उम्मेदवारी दिन लागेको हुँ ।’

स्थानीय तहको निर्वाचनमा युवा पुस्ताले राजनीतिक आग्रसरताबाट छान्ने काम गर्नु मतदातालाई आग्रह समेत गरे । उच्च शिक्षा हासिल गरेका महतोले युवा पुस्ताबाट समाजको बिकासको नयाँ अध्याय शुरु गर्न नयाँ पुस्ताका युवालाई अवसर प्रदान गरिनुपर्ने बताए । उनले भने, ‘नयाँ युग र परिवर्तनशील समाजको सृजना गर्न नयाँ सोच, उमंग, जोश जाँगर भएको मानिसलाई छ।“


२०७९ बैशाख ९, शुक्रबार १८:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय