गोविन्द महतो / जनकपुरधाम

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तह निर्वाचनका लागि जनकपुरधामको मेयरमा उम्मेवारको टुंगो लगाएको छ । जनकपुरधामको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टीबाट मनोज चौधरीलाई टिकट दिने टुङ्गो लगाएको हो ।

लोसपाले मधेस प्रदेशको राजधानी जनकपुरधामका लागि मनोज चौधरीलाई मेयर पदको उम्मेदवार बनाएको छ । दुई दिनदेखि चलिरहेको पार्टीका शीर्ष नेताहरुको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । त्यस्तै उसले उप–मेयरका लागि रिता कुमारी मिश्रलाई टिकट दिएको छ ।

मेयरको टिकट पाएका चौधरी जनकपुर अञ्चल बस व्वयसायी संघका अध्यतक्ष समेत हुन् । त्यस्तै मिश्र अघिल्लो निर्बाचनमा पनि जनकपुरधाम उप–महानगरपालिकाको उप–मेयरमा निर्वाचित भएकी थिइन् । मेयरका लागि चौधरी सहित प्रदेससभा सदस्य समेत रहेका परमेश्वर साह, संजय चौधरी, अमर पजियार र जानकीराम साहको नाम सिफारिस भएको थियो ।

टिकट पाउने संभावना नदेखेपछि जानकी राम केही दिनअघि एमाले प्रवेश गरेका थिए । उपमेयरका लागि मिश्रका साथै विभा ठाकुर, विभा पाण्डे लगायतको नाम सिफारिस भएको थियो । चौधरी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो निकट मानिन्छ भने रिता मिश्र अध्यक्ष महन्त ठाकुर निकटका व्यक्ति हुन् ।


२०७९ बैशाख १०, शनिबार १९:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय