Balram_Mahato_Manoj_sah_Baijnath_sah_nepalvani_janakpurdham

जनकपुरधाम : आसन्न स्थनीय तहको निर्वाचनका लागि दोश्रो दिन जनकपुरधाम उप-महानगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट बलराम महतो, मनोज साह र बैद्यनाथ साहले उम्मेदवारी दर्ता गराएका छन् । आफूले जनकपुरधामको दुर्दशा देखेर नगर प्रमुखमा उम्मेदवारी दिएको महतोको भनाई छ ।

महतोले समग्र जनकपुरधामको विकासको लागि र विशेषत, ढल निकास, फोहर व्यवस्थापन र जनकपुरमा भएका कामलाई व्यवस्थित गर्ने आफ्नो उम्मेदवारी दिएको सञ्चारकर्मीलाई बताए । उनले भने ‘जनकपुरधामको निस्वार्थ भावले विकास गर्नकै लागि निर्माण व्यवसाय छोडेर नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएको छु ।’

Balram Mahato

दृश: बलराम महतो

त्यस्तै सत्ता गठबन्धनबाट उप-महानगरको प्रमुख जनता समाजवादी पार्टीको भागमा परेपछि नेपाली कांग्रेसबाट राजिनामा दिएका मनोज कुमार साहले पनि उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस जनकपुरधाममा मजबुत हुँदाहुँदै जसपालाई सीट दिएर कांग्रेसलाई समाप्त पार्ने खेल भएको उनको ठडम्याईलाई चिर्दै मेयरमा आफ्नो उम्मेदवारी दर्ता गराएको बताए । उनले भने ‘आफूले नेपाली कांग्रेसलाई बचाउनकै लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको छु ।’

Manoj Kumar Sah

दृश्य: मनोजकुमार साह

संचारउद्यमी वैद्यनाथ साहले समेत नगर प्रमुखमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । जनकपुरधाममा सरसफाइ अभियान, असहाय संरक्षण मञ्चको माध्यमले गरिब असहायलाई सहयोग गरेर चर्चा कमाएका साहले नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।

बैधनाथ साह_Baijnatha_sah_Baithnath_sah_nepalvani

दृश्य : वैद्यनाथ साह

२०७९ बैशाख १२, सोमबार १५:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय